Techie IT
२०८० जेठ १९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकाठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता

काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता


काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौँमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए । “पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ”, उनले भने ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताए । पछिल्लो समय काठमाडौँमा बैंकिङ कसुर र सङ्गठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उनको भनाइ छ ।

परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध पाँच सय ७५, चोरीसम्बन्धी कसुर चार सय ४५, लागुऔषध दुई सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर दुई सय ५७, आत्महत्यासम्बन्धी कसुर दुई सय ३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर एक सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् ।

परिसरमा गत आवमा बैंकिङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा चार हजार तीन सय ४३ मुद्दा दर्ता भएका थिए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनकोसी नदीमा बेपत्ताहरुको खोजीको लागि गोताखोर परिचालन

काठमाडौँ। सुनकोसी नदीमा गाडी खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का तीन कर्मचारीको खोजीका लागि गोताखोर परिचालन

प्रधानमन्त्री प्रचण्डले १०८ केजी रुद्राक्ष चढाएर गरे बाबा महाकालको दर्शन

काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यप्रदेशस्थित बाबा महाकाल मन्दिरको दर्शन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले महाकाल मन्दिरमा आठवटा

नागरिकता विधेयक प्रमााणीकरणविरुद्ध परेको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ। नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। बिहीबार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने

व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छः गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताएका छन्। नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको

सुनकोशी नदीमा बेपत्ता तीन जनाको पहिचान खुल्यो

सिन्धुली। सुनकोशी नदीमा आज विहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ। भक्तपुर सानोठिमीस्थित प्राविधिक

उपत्यका बाहिर जाने सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कबाट मात्रै…

काठमाडौँ। काठमाडौँ उपत्यका बाहिर जाने सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने भएको छ। काठमाडौँ महानगरपालिकाले शुक्रबार एक

Techie IT