गृहपृष्ठ ∕
नेपाल ∕
चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता नगर्न सर्वोच्चको आदेश चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता नगर्न सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।
सरकारले आक्रमणकारीविरुद्धको मुद्दा फिर्ता लिएपछि आफू अन्यायमा परेको भन्दै उपप्राध्यापक चलाउनेले दायर गरेको रिटमा सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको हो।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले बिहीबार रिट सुनुवाई गर्दै मुद्दा फिर्ता लिनुको कारण पेश गर्न समेत सरकारलाई आदेश दिएको छ। अदालतको आदेशसँगै जिल्ला अदालतमा सरकारी वकिलले मुद्दा फिर्ता लिन दिएको निवेदन निस्क्रिय भएको छ। सरकारी वकिलको कार्यालयले आदेश चित्त नबुझे यसलाई खारेजको माग गर्दै सर्वोच्च अदालत जान पाउने प्रावधान छ।
उपप्राध्यापक चलाउनेले मुद्दा फिर्ता लिने सरकारको निर्णय युक्तिसंगत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै त्यसविरुद्ध रिट दायर गर्नुभएको हो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि
काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका
काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित
काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे