Techie IT
२०८२ कात्तिक २७, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालवडाध्यक्षलाई कारबाही गर्न गाउँपालिकाको पत्राचार

वडाध्यक्षलाई कारबाही गर्न गाउँपालिकाको पत्राचार


दाङ । दाङको शान्तिनगर गाउँपालिकाले वडा नं २ का वडाध्यक्ष सुनिल वलीलाई कारबाही गर्न पत्राचार गरेको छ । वलीले कर्मचारीमाथि हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङसँग कारबाहीका लागि पत्राचार गरिएको हो ।

कर्मचारीमाथि हातपात गरेको आरोपमा वलीलाई कानुनी कारबाहीको माग गरी बिहीबार पत्राचार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर कारबाहीको माग गरेका हुन्।

वडाध्यक्ष वलीले बिहीबार दिउँसो शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको खड्काले जानकारी दिए ।

खड्काका अनुसार वडाध्यक्ष वली स्थानीय शिक्षा शाखामा प्रवेश गरी एक आयोजनाको फाइल माग गरेपछि सो विषयमा विवाद उत्पन्न भएको थियो । त्यसलगत्तै वडाध्यक्ष वलीले त्यहीँ रहेका शिक्षा अधिकृत पाण्डेलाई हातपात गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT