Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालमदन भण्डारीको जन्मजयन्तीमा प्रेस चौतारीद्वारा टिकटक प्रतियोगिताको आयोजना

मदन भण्डारीको जन्मजयन्तीमा प्रेस चौतारीद्वारा टिकटक प्रतियोगिताको आयोजना


काठमाडौँ। जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ।

टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपैँया नगद पुरस्कारको व्यवस्था गरिएको छ। टिकटक प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, अभिनेत्री बेनिशा हमाल र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली रहेका छन्।

प्रेस चौतारी नेपालले मदन भण्डारीको जन्मजयन्ती असार १४ गतेको अवसरमा हरेक बर्ष विविध कार्यक्रम आयोजना गर्दै आएको छ। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस बर्ष टिकटक प्रतियोगिता गरी रचनात्मक रुपमा मनाउने निर्णय गरेको हो।

प्रतियोगिताको संयोजक प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे रहेका छन्। यसैगरी, सदस्यहरुमा कोषाध्यक्ष इन्द्र आचार्य, सचिव कमलप्रसाद उपाध्याय, विष्णु तारुके, प्रदीप आचार्य, लोग्सरी कुँवर र समीर बलामी छन्। प्रेस चौतारीका अध्यक्ष बस्नेतले युवा अवस्थामै मुलुकका लागि अतुलनीय योगदान दिने जननेता मदन भण्डारीलाई युवा पुस्तासँग जोडेर समृद्ध नेपाल स् सुखी नेपालीको अभियानलाई सार्थक बनाउन टीकटक प्रतियोगिता आयोजना गरिएको बताए।

‘मदन भण्डारी र समृद्ध नेपालः सुखी नेपाली’ विषयमा आधारित भएर भाषण, क्यारिकेचर, नाटक, नृत्य, कथा, संवाद, गजल लगायतका रचनात्मक टिकटक बनाउन सकिने संयोजक पाण्डेले जानकारी दिए। उनका अनुसार, प्रतियोगीहरुले #madanbhandari #presschautarinepal ह्यास ट्याग राखी असार २१ गतेसम्म टिकटक अपलोड गरिसक्नुपर्नेछ। सोही अनुसार, असार अन्तिम साता काठमाडौँमा भव्य कार्यक्रम गरी विजेताहरुलाई पुरस्कार वितरण गरिने प्रेस चौतारी नेपालले जनाएको छ। यसबाहेक प्रेस चौतारी नेपालले मदन भण्डारीको जन्मजयन्तीमा देशभर साताव्यापी रचनात्मक कार्यक्रमहरु आयोजना गर्दैछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिक

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न

कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने

विराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

Techie IT