Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालधनगढीको बजेट एक अर्ब ९३ करोड आठ लाख

धनगढीको बजेट एक अर्ब ९३ करोड आठ लाख


धनगढी । धनगढी उपमहानगरपालिकाको नगरसभाको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल रु एक अर्ब ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गरिएको छ ।

आइतबार भएको नगरसभाको दशौँ अधिवेशनमा उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले आगामी आर्थिक वर्षका लागि राजस्व र खर्चको विवरण प्रस्तुत गर्दै कूल खर्चमध्ये चालुतर्फ रु एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पूँजीगततर्फ रु ७५ करोड ६३ लाख २७ हजार एक सय ५५ को अनुमान गरिएको बताइन् ।

कूल बजेटमध्ये सबैभन्दा बढी सामाजिक विकासतर्फ रु ८५ करोड ३६ लाख पाँच हजार दुई सय २२ (कूल बजेटको ४४ दशमलब २० प्रतिशत) छुट्याइएको छ । व्यय चालु खर्च रु एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पूँजीगत खर्चतर्फ रु ७५ करोड ६३ लाख २७ हजार एक सय ५५ रहेको छ ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको आयतर्फको स्रोतमा आन्तरिक आय रु ३५ करोड ४३ लाख २० हजार दुई सय १८, राजस्व बाँडफाँट रु ४६ करोड ९७ लाख ९२ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण (नेपाल सरकार) रु ९२ करोड ८५ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरण ९प्रदेश सरकार० रु पाँच करोड ३२ लाख १२ हजार र सरी आएको मौज्दात रु १२ करोड ५० लाख रहेको छ ।

चालु आवको आय र व्ययको अनुमान भन्दा आगामी आर्थिक वर्ष २०८०/८१ को आय र व्ययको अनुमान रु आठ लाख ९९ हजार सात सय ८२ ले कम छ ।

नगरसभाका अध्यक्ष एवं उपमहानगर प्रमुख गोपाल हमालको अध्यक्षतामा भएको बैठकमा प्रस्तुत राजस्व र व्ययको वार्षिक बजेटमा अतिक्रमित सार्वजनिक सम्पत्तिको व्यवस्थापन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत पूर्वाधारमा नगरवासीको सर्वसुलभ पहुँच, कृषि, पशुपन्छी, उद्योग र पर्यटन क्षेत्रको व्यावसायिकीकरण, दिगो पूर्वाधार विकास, सरसफाइ तथा सहरी विकास लगायतलाई प्राथमिकता दिइएको छ ।

उपमहानगर क्षेत्रलाई सुरक्षित, सहिष्णु, व्यवस्थित र समुन्नत नगरका रुपमा विकास गर्नका लागि ‘हाम्रो धनगढी स् हामी बनाऔँ’ भन्ने नारासहित गत वर्षदेखि अभियान सञ्चालनमा छ । अभियानअन्तर्गत उज्यालो धनगढी अभियानका क्रममा सडक बत्ती, बर्खायाममा हुने डुबान निकासको व्यवस्था र सडकको स्तरोन्नति लगायतका पूर्वाधारका काम भइरहेका छन् ।

पमहानगरपालिकाले ‘सुख, शान्ति र समृद्धिको सहरः धनगढी महानगर’ भन्ने दीर्घकालीन सोच राखेको छ । झन्डै दुई लाख पाँच हजार जनसङ्ख्या रहेको यो उपमहानगरपालिका क्षेत्रका ग्रामीण वडाहरु अझै पनि उचित बाटो, खानेपानी लगायतका विकासका पूर्वाधार पुग्न सकेको छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT