Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालहर्क साम्पाङलाई बालेनको साथ – सुखमा सबै होलान्, दुःखमा हामी छौँ

हर्क साम्पाङलाई बालेनको साथ – सुखमा सबै होलान्, दुःखमा हामी छौँ


काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफू दुःखमा साथ दिन तयार रहेको बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले कोकाहाको पानी ल्याउँदा सबैले बधाई दिएको तर धरानका राजनीतिक दले उल्टै मुद्दा हालेको गुनासो गरेका थिए ।

‘पसिनाको भेल बगाएर अनेक दुस्ख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाइ दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नू’, साम्पाङले लेखेका छन् ।

सोही पोस्टमा प्रतिक्रिया जनाउँदै बालेन आफू दुःखमा साथ दिने प्रतिवद्धता जनाएका हुन् ।

‘केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर , केही फरक पर्दैन । तपाईं यति अगाडि पुगिसक्नु भो कि, पछाडि जसले जे बोले पनि फरक पर्दैन । सुखमा सबै साथ होलान्, दुस्खमा हामी छौँ, म छु, सधैँ हुनेछौँ’, प्रमुख शाहले कमेन्ट गर्दै लेखेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT