Techie IT
२०८२ पुस २, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालएमाले र रास्वपाका सांसदहरूको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

एमाले र रास्वपाका सांसदहरूको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित


काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमाले र रास्वपाका सांसदहरूको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

मंगलबारको बैठकमा रास्वपाका सांसद रवि लामिछानेले सरकारको उक्त निर्णय फिर्ता लिन सभामुखमार्फत रुलिङ गर्न माग गरे। लामिछानेले रुलिङको माग गरेपछि रास्वपाका सांसदहरू आसनबाट उठेका थिए।

त्यस्तै, एमालेका प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेकाले नियोजित ढंगले जिल्ला निर्वाचन कार्यालय खारेज गरेको भन्दै यसले आगामी निर्वाचनलाई प्रभावित गर्न खोजेको बताए। सरकारी पक्ष आफ्नो जनमत गुमेपछि निर्वाचन प्रभावित पार्न सरकार यो निर्णयमा पुगेको बताए। उनले प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने अडान राखे।

बैठकमा रास्वपा र एमालेका सांसदहरू उठिरहेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि सदन स्थगित भएको घोषणा गरेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT