Techie IT
२०८२ कात्तिक ३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालमन्साङकोटमा प्याराग्लाइडिङको व्यावसायिक उडान

मन्साङकोटमा प्याराग्लाइडिङको व्यावसायिक उडान


स्याङ्जा । स्याङ्जाको वालिङ–१ मन्साङकोटमा व्यावसायिक प्याराग्लाइडिङ हुँदै आएको छ । प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना बोकेको यस ठाउँमा परीक्षण उडान सफल भएपछि पछिल्लो समय नियमित उडान हुँदै आएको हो ।

बाबु एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट इजाजत तथा अनुमति लिएर व्यावसायिक उडान थालेको प्रालिका सञ्चालक सानोबाबु सुनुवारले बताए। यस ठाउँमा परीक्षण उडान गरी सफल भएसँगै अहिले पूर्वाधार निर्माण गरी व्यावसायिक उडान हुँदै आएको छ ।

पर्यटकीय सहर पोखरा र सुनौली जोड्ने सिद्धार्थ राजमार्गको त्रियासीबाट नजिकैको स्थान भएकाले पनि मन्साङकोटलाई प्याराग्लाइडिङ स्थलका रूपमा विकास गर्दै लगिएको उनले जानकारी दिए । “सिद्धार्थ राजमार्गबाट नजिकैको स्थानमा अवस्थित मन्साङकोटबाट टाढाटाढाका दृश्यहरु पनि देखिन्छन्”, सञ्चालक सुनुवारले भने, “टाढाटाढासम्मको दृश्यावलोकन गर्न सकिनाका साथै ऐतिहासिक एवं पौराणिक महत्वसँग जोडिएको आँधीखोलाको किनारमा अवतरण गर्दा छुट्टै आनन्द आउने गर्छ ।”

सिद्धार्थ राजमार्ग भएर सुनौली–पोखरा गर्ने स्वदेशी तथा विदेशी पर्यटकले सडकबाटै उक्त स्थान सजिलै देख्न सक्ने र जान सक्ने भएकाले पनि यहाँ भोलिका दिनमा पर्यटकको आवागमन बढ्दै जाने जिकिर उनको थियो । हावाको बहाव राम्रो हुनु, टाढाटाढाको दृश्य सजिलै देखिने, बजारबाट नजिक रहेको मन्साङकोटबाट छोटो दूरीको प्याराग्लाइडिङ गर्न उपयुक्त रहेको सञ्चालक सुनुवारले बताए । मन्साङकोट समुद्र सतहदेखि झन्डै एक हजार तीन सय मिटरको उचाइमा रहेको छ । “छोटो दूरीको प्याराग्लाइडिङका लागि यो ठाउँ निकै उपयुक्त छ”, उनले भने, “यसको प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यहाँसम्म पुग्ने सडक स्तरोन्नति गर्न सके मात्रै पर्यटकको आवागमन वृद्धि हुने थियो ।”

अप्ठेरो भएका स्थानमा ढलान तथा नाली निर्माण गर्ने कार्यहरु भइरहेकाले त्यहाँसम्म पुग्न सहज हुन्छ । यहाँको आकाशमा उड्नका लागि देशका विभिन्न भागसहित विदेशबाट समेत पर्यटक आउने गरेका छन् । मन्साङकोटमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँको पूर्वाधार निर्माणमा जोड दिइएको मन्साङकोट पार्क संरक्षण समितिका अध्यक्ष एकनारायण काफ्लेले बताए ।

गत आर्थिक वर्षमा गण्डकी प्रदेशको वन मन्त्रालयबाट पूर्वाधार निर्माणमा रु १५ लाख विनियोजन भएको थियो । उक्त रकमले अपूरो रहेको भवनलाई पूर्णता दिनाका साथै झ्याल ढोका, रङ्गरोगन, चौपारी निर्माण, छेकबारसहित बाटो, होर्डिङ बोर्डहरु निर्माण गरिएको उनले जानकारी दिए । “मन्साङकोटबाट व्यावसायिक प्याराग्लाइडिङ सुरुआत भएसँगै गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ”, अध्यक्ष काफ्लेले भने, “कृषि र पशुपालनका क्षेत्रमा छुट्टै पहिचान बनाएको मन्साङकोट पछिल्लो समय पर्यटनसँग पनि जोडिन पुगेको हो ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT