Techie IT
२०८० जेठ १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालअब हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस

अब हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस


काठमाडौँ । नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले संविधानको मौलिक हकको मर्मअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा दिलाउनु राज्यको दायित्व भएको सन्दर्भमा त्यससम्बन्धी विधेयक प्रमाणीकरण भएको मितिमा राष्ट्रिय शिक्षा दिवस मनाउन उपयुक्त हुने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको बताए ।

सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गरेका थिए । विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलगअलगरुपमा मनाउने निर्णय भए पनि राष्ट्रिय दिवसको मिति निर्धारण हुन सकेको थिएन ।

राष्ट्रिय दिवसको नयाँ मिति निर्धारणको निर्णय मन्त्रिपरिषद्बाट प्राप्त भएपछि विभिन्न विश्वविद्यालयबाट विद्यावारिधी उपाधि प्राप्त गर्ने र स्नाताकोत्तर, स्नातक तहमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार, राष्ट्रिय र प्रादेशिकरुपमा उत्कृष्ट विद्यालयलाई शिल्ड, ध्वजा र नगद पुरस्कार तथा शिक्षासेवी पुरस्कार दिनेलगायत कार्यक्रमको तयारीमा मन्त्रालय लाग्ने प्रवक्ता शर्माले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता शुरु

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ

प्रधानमन्त्री दाहाल राजघाटमा, महात्मागान्धीप्रति सम्मान

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मागान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । भारतमा मात्र नभई विश्वमै

गण्डकी प्रदेश: यथार्थपरक बजेट ल्याउन विज्ञको सुझाव

कास्की । गण्डकी प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट ल्याउने तयारीमा जुटिरहेका बेला बजेटको अनुमान यर्थापरक हुनुपर्नेमा

शान्तिनगर गेट अगाडि स्कुटरले ठक्कर दिँदा एक महिला घाइते

काठमाडौँ । काठमाडौँ शान्तिनगर गेट अगाडि स्कुटरले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् । बिहान ११ बजे भएको दुर्घटनामा

विराटनगरका विद्यालय आज र भोलि बन्द

विराटनगर। विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था दुई दिन बिदा दिने निर्णय गरेको छ। अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका

लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार

पोखरा। लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार भएका छन्। उनीहरु बिहीबार बिहान साँढे १ बजे कारागारको पर्खाल नागेर फरार

Techie IT