Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालहेवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज

हेवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज


फुङ्लिङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङखण्डको फिदिमस्थित हेवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुलाई आवत जावत गर्न केही सहज भएको छ । तत्काल यात्रुको आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिबारदेखि सञ्चालनमा आएको हो ।

गत आसर २ गतेको बाढी पहिरोले मोटरेबल पुल बगाए पछि जिल्ला सडक सञ्जालले टुटेको थियो । ताप्लेजुङबाट अन्य जिल्ला जानसमेत असहज भएकामा हेवा खोलामा फड्के पुल सञ्चालनमा आएपछि यात्रुलाई केही राहत मिलेको छ । जिल्लाका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, व्यवसायी र युवाको सक्रियतामा फड्के पुल बनेको हो ।

मुख्य गरेर फिदिम ओदिनस्थित नेपाली सेनाको रणशेर गणका माउण्टेन वारफेयर विशेषज्ञ समूहको प्राविधिक सहयोगमा उक्त पुल बनाइएको थियो । बाँसका साथै बिजुलीको तार र नट प्रयोग गरेर बनाइएको पुलमा पाँचथर युवा सङ्घको पनि सहयोग रहेको जनाइएको छ ।

फड्के पुलको सहयोगले गाडीमार्फत वारिपारिसम्म आइपुग्ने यात्रुलाई आ–आफ्नो गन्तव्य पुग्न तरेर जान केही सहज भएको छ । मेचीमार्गको फिदिम–ताप्लेजुङ खण्डमा दुई सय बढी निजी तथा भाडाका गाडीबाट दुई हजारसम्म यात्रुले यात्रा गर्ने गर्छन् ।

हेवाखोला पुल बगाएपछि यात्रुलाई असुविधा पुगेको थियो । फड्के पुल बनेपछि यात्रुलाई धेरै राहत पुगेको छ । फड्के तर्ने यात्रुलाई वारिका सवारी साधनले वारिबाटै र पारिका सवारी साधनले पारिबाट उठाएर गन्तव्यतर्फ लगिदिन थालेका छन् । यहाँ सडक डिभिजन कार्यालयबाट बनिरहेको बेलीब्रिज सम्पन्न नहुँदासम्म यात्रुलाई यात्रा गर्न फड्केले सहयोग पुर्याएकोे छ । बेली ब्रिज बन्न एक महिना लाग्ने बताइएको छ । हेवाखोलामा तत्काल डाइभर्सनको व्यवस्था गरेर गाडी ओहोरदोहोर गराउने प्रयास पनि भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT