Techie IT
२०८२ असोज २७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालमनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी


गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन् ।

गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन गरेको आग्रहलाई बेवास्ता गरेको जनाउादै बुधबारदेखि धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयवासी मनोज जोशीले जानकारी दिए ।

“योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्नका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले गएको ४० वर्षदेखि व्यापारिक प्रयोजनका भाडा लगाएर कमाउने काम मात्र गर्दै आएको छ”, उनले भने, “मनकामनावासीले यस पटक पुनः संस्थानले भाडामा लगाउन बोलपत्र आह्वान गरेपछि बोलपत्र रद्द गर्न आग्रह गरेको भए पनि संस्थानबाट कुनै सुनुवाइ नभएपछि धर्मशालाको भवनमा ताला लगाएका हौँ ।”

धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा दिने गरी धर्मशालाकै रुपमा सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । स्थानीयवासीसहित श्री मनकामना माई गुठीका गुठियारले असार २ गते संस्थानलाई धर्मशाला भाडामा नलगाउन र बोलपत्र रद्द गर्न भन्दै ज्ञापनपत्रसमेत बुझाएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षति पुगेको धर्मशाला मर्मत गर्नुपर्ने अवस्था भए पनि संस्थानले त्यसतर्फ भने चासो नदिएको स्थानीयवासीको गुनासो छ । मनकामना क्षेत्र विकास समितिले पनि मन्दिरको गुरु योजनामा नै धर्मशालामा भक्तजनलाई सुलभ मूल्यमा बसोबासका लागि व्यवस्था मिलाउने योजना प्रस्ताव गरेको थियो ।

गुरुयोजनाअनुसार धर्मशाला पछाडि रहेको स्थानलाई समेत समेटेर वनभोजस्थलको रुपमा विकास गर्ने लक्ष्य मनकामना क्षेत्र विकास समितिले राखेको छ । स्थानीवासीकोे अनुरोध र आग्रहलाई बेवास्ता गर्दै पुनः बोलपत्र आह्वान भएकाले यसमा ठूलो आर्थिक चलखेल हुनसक्ने आशङ्कासमेत स्थानीयले गरेका छन् ।

धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनको लागि भन्दै व्यक्तिलाई भाडामा दिएर आम्दानी गर्दै आएको छ । संस्थानले व्यवसाय सञ्चालन गर्ने गरी जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरेसँगै मनकामनावासीले धर्मशालामा व्यवसाय सञ्चालन गर्न नहुने भन्दै विरोध गर्दै आएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT