Techie IT
२०८२ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘चार कूटनीतिज्ञ’ विमोचन

‘चार कूटनीतिज्ञ’ विमोचन


काठमाडौँ। नेपालको कूटनीतिक इतिहासमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका प्रबुद्ध व्यक्तित्वको अनुभव एवं उनीहरूले गरेको योगदान बारेको पुस्तक ‘चार कूटनीतिज्ञ’ विमोचन गरिएको छ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकको शुक्रबार आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउदले विमोचन गरेका हुन्। कार्यक्रममा मन्त्री साउदले पुस्तक कूटनीतिक क्षेत्रमा अभिरुचि राख्नेले पढ्नै पर्ने खालको भएको र कूटनीतिक क्षेत्रमा काम गर्नेहरुका लागि सन्दर्भ सामग्री हुने बताए।

कूटनीतिक इतिहासमा विशिष्ट योगदान गर्नुभएका चार कूटनीतिज्ञ (रामप्रसाद मानन्धर, शोभागजङ्ग थापा, पद्मबहादुर खत्री र झरेन्द्रनारायण सिंह)को कूटनीतिक जीवन र उहाँहरूको योगदानबारे विशेष खोजअनुसन्धान गरिएको पुस्तक पूर्वपरराष्ट्र सचिव डा मदनकुमार भट्टराईले लेखेका हुन्।

सार्थकता र सान्दर्भिकताका दृष्टिबाट स्वाभिमानी, देशभक्त र कर्तव्यभावले अभिप्रेरित कूटनीतिज्ञको ऐतिहासिक अन्वेषण पुस्तकमा गरिएको छ। नेपालको कूटनीतिक सेवामा करिब चार दशक बिताएका पूर्वपरराष्ट्र सचिव एवं पूर्वराजदूत डा भट्टराई कूटनीतिक इतिहास र वर्तमानको खोज अनुसन्धानमा लागिपरेका छन्।

कार्यक्रममा पुस्तक बारेमा परराष्ट्र सचिव भरतराज पौड्याल, पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमुख्यसचिव लिलामणि पौड्याल, प्राडा मीना बैद्य मल्लले समीक्षा गरेका थिए। निमित्त कार्यकारी निर्देशक राजेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकका लेखक डा भट्टराईले पुस्तक लेखनका क्रममा भएका अनुभव सुनाएका थिए।

चार वरिष्ठ कूटनीतिज्ञमध्ये रामप्रसाद मानन्धर र मेजर जनरल शोभागजङ्ग थापा सन् १९५१–५९ अवधिको राजनीतिक पृष्ठभूमिका सरकार र नेपालको परराष्ट्र नीतिको आधुनिक परिप्रेक्ष्यमा साङ्गठनिक रचनात्मक अवधिको सुरूआतको प्रतिनिधित्व गरेको पुस्तकमा उल्लेख छ। अन्य दुई परराष्ट्र सचिव मेजर जनरल पद्मबहादुर खत्री र झरेन्द्रनारायण सिंह राणाकालमा सेवामा प्रवेश गरे पनि उनीहरु निर्दलीय व्यवस्थाको समयमा विशेष भूमिका निर्वाह गर्ने कूटनीतिज्ञ थिए। नेपालको परराष्ट्र सम्बन्धमा यी कूटनीतिज्ञबीच अनेकौँ समानता एवं असमानता देखिन्छन्।

चारै कूटनीतिज्ञले राणाकाल र प्रजातन्त्रोत्तर कालको प्रशासनको सेतुका रुपमा नेपालको कूटनीतिलाई प्रतिनिधित्व गर्थे। संयुक्त अधिराज्यको लन्डनस्थित राजदूतावासमा रहेको नेपालको पहिलो राजदूतावासमा चारै जनाले सेवा गरेको अनुभव थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT