Techie IT
२०८२ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालबीआरआईमा चीनको चासो छः गृहमन्त्री श्रेष्ठ

बीआरआईमा चीनको चासो छः गृहमन्त्री श्रेष्ठ


काठमाडौँ। पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन्। उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ पाँचदिने चीन भ्रमण सकेर आइतबार स्वदेश फर्किएका हुन्।

उनले त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा विशेष पत्रकार सम्मेलन बोल्दै चीन भ्रमण फलदायी भएको बताए। उनले भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास,व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्म छलफल भएको बताए।

उनले चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल भएको र चीन सरकात्मक रहेको बताए। उनले चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको बताए।

उनले व्यापारिक नाका खोल्ने र नेपाल(चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको बताए। चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको उनको भनाइ छ।

नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यन्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुङ्गो लगाउने बताए। उनले नेपाल चीनसँग भएको बीआरआई सम्झौताले लाभांवित हुने विश्वास लिएको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको बताए। उनले सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु–काठमाडौँ रूटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान सुरु गर्न आग्रह गरेको बताए।

उनले भैरहवाभन्दा पनि सिचुवान एयरलाइन्स पोखरामा उडान भर्न तयार रहेको देखिएको बताए। उपप्रधानमन्त्री श्रेष्ठले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिंचाई प्रणालीको अवलोकन गरेको बताए।

उनले भतने,‘चीन भ्रमणमा हामीले चीन र नेपालको बीचको असल मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो। नेपाल र चीन सिचुवान बीचमा आपसी सम्बन्धलाई सुधार गर्नुको अतिरिक्त विकास,व्यापार र लगानीका क्षेत्रमा रहेका सम्भावनाको बारेमा भएका छलफलहरु सकारात्मक भएका छन्। चीनले नेपालको सार्वभौम सत्ता भौगोलिक अखण्डता र स्वाधिनताका लागि सधै सम्मान गर्दै आएको छ। नेपालको विकास प्रक्रियामा पनि संधै साझेदारको रुपमा सकारात्मक भूमिका खेल्दै आएको छ। नेपालमा संकट पर्दा चोह भुकम्प र कोभिड महामारीमा गरेको सहयोगको हार्दिक प्रकट गरेका छौँ। नेपालले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अघि बढी रहेको अवस्थामा विगतमा गर्दै आएको आर्थिक सहयोगलाई थप वृद्धि गर्नको लागि विशेष अनुरोध गरेका छौँ। चीनको उप्रधानमन्त्रीले सिचुवान पार्टी प्रमुखले पनि सकारात्मक रुपले सोचिने विश्वास दिलाउनुभएको छ। व्यापार पर्यटनको क्षेत्रमा प्रवद्र्धन गर्नको निम्ति अनुरोध गरेका छौँ। साथै विआरआईको सन्दर्भमा पनि नेपाल सरकारले २०७० मा सम्झौता गरौँ। त्यसको कार्यान्वयनका लागि दुई पक्ष विचमा छलफल भइरहेको छ। अन्तिम रुप दिइसकेपछि विआरआई प्रोजेक्टको मोडालिटिको बारेमा टुङ्गो लगाउने छौँ। यो प्रोजेक्टबाट पनि हामी लाभान्वित हुने अपेक्षा गरेका छौँ। बीआरआईबाट कस्तो खालको लाभ लिनसक्ने गरी तयारी गर्नु भएको छ भनेर सोध्नु भएको थियो। त्यो विषयमा नेपाल सरकारको नीतिको बारेमा स्पष्ट पारेका छौँ। सिचुवान एयरलाइन्ससँग पनि राम्रो कुराकानी भएको छ। छेन्दु काठमाडौँको उडानलाई हप्ताको सातै दिन नियमित उडान गर्न अनुरोध गरेका छौँ। उहाँहरुले सकारात्मक प्रतिक्रिया दिनु भएको छ। छेन्दु पोखरा–भैरहवा कमर्सियल उडानको निम्ति अगाडि बढ्न अनुरोध गरौँ। त्यसमा पोखरामा बढी सोचेको प्रतिक्रिया दिनुभएको छ।’

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधवार चीन भ्रमणमा गएका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT