Techie IT
२०८२ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबहस छोडेर कानुन व्यवसायी प्रदर्शनमा उत्रदा अदालतका काम प्रभावित

बहस छोडेर कानुन व्यवसायी प्रदर्शनमा उत्रदा अदालतका काम प्रभावित


काठमाडौँ। उच्च अदालत पाटनकी नायव सुब्बा प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीच विवादपछि भएको हातहालको घटनाले चर्को रुप लिएको छ।

सोमबार नेपाल बार एसोसिएसनको आह्वानमा सर्वोच्च बार एसोसियसनसहित काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा कानुन व्यवसायीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले सेवा लिन गएका कानुन व्यवसायीमाथि कर्मचारीबाट हातपात भएको तर उल्टै झुटा मुद्दा लगाइएको भन्दै अदालतअघि प्रदर्शन गरेका हुन्।

कानुन व्यवसायीको प्रदर्शनका कारण अदालतका काम प्रभावित भएका छन्। गत असार १३ गते बुधबार उच्च अदालत पाटनमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीचको विवाद भएको थियो। अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको दाबी गरिएको छ।

अधिवक्ता लामिछाने १३ गते अदालत परिसरबाट पक्राउ परेका उनी आइतबार साँझ मात्रै प्रहरी हिरासतबाट साधारण तारेखमा रिहा भएका छन्। नासु तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा पनि निवेदन दिएकी छन्।

घटनाबारे दुवै पक्षका फरक–फरक विवरण सार्वजनिक भइरहेका छन्। कानुन व्यवसायीले कर्मचारीले अधिवक्ता लामिछानेमाथि हातपात गरेपछि प्रतिकार गरेको बताएका छन्। कर्मचारीले भने अधिवक्ता लामिछानेले पहिले कर्मचारी तामाङमाथि कुटपिट गरेको बताएका छन्। शुक्रबारदेखि त्यो विवादले मुददाको सुनुवाइ हुनै सकेको छैन।

अधिवक्ता लामिछानेले आफूमाथि हातपात भएपछि प्रतिकार गरेको दाबी गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT