Techie IT
२०८१ जेठ १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालगोरखामा धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते

गोरखामा धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते


गोरखा। गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर आज एक महिलाको मृत्यु भएको छ। अन्य तीनजना घाइते भएका छन्।

गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। धन्सार भत्किएर पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा परी मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन्। रामकृष्णको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। अन्य दुईजनाको अवस्था भने सामान्य छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देउवा निवासमा मधेश केन्द्रित दलका नेताको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा मधेश केन्द्रित दलका नेताहरू बैठकको लागि पुगेका छन् । सभापति देउवा निवास

कसैको अनुहार हेरेर करका दर हेरफेर गरेको हैनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पालिकालाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने बताएका हुन् । हिजो संसदमा पेश

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता

हिमाल संरक्षणमा सक्रिय हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । ७१

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगन

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिट निवेदन आज (बुधबार) सुनुवाइ नहुने भएको छ

अवरुद्ध नारायणगढ-बुटवल सडक खण्ड दुईतर्फी संचालन

काठमाडौँ । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–९ थुम्सीमा पुलको

Techie IT