Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालसरसफाइ मानवीय आवश्यकता होः उपप्रधानमन्त्री श्रेष्ठ

सरसफाइ मानवीय आवश्यकता होः उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरसफाइ सबैका लागि आवश्यक विषय हो भन्दै सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो नहुने बताएका छन्।

गृह मन्त्रालयले आयोजना गरेको आधारभूत सरसफाइ तथा स्वच्छतासम्बन्धी दशदिने तालिमको समापन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सरसफाइ मानवीय जीवनको महत्वपूर्ण कार्य भएकाले सबैले यो काम सिक्नुपर्ने बताए। उनले भने, “सरसफाइ गर्ने मानिस साना हुन्छन् या सानाले मात्रै सरसफाइको काम गर्नुपर्छ भन्ने हुँदैन, यो गलत सोच हो।” नेपाली समाजमा सरसफाइकर्मीलाई हेर्ने दृष्टिकोण गलत रहेको र यसलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्री श्रेष्ठले सरसफाइको काम सबैले सिक्नुपर्ने भन्दै मन्त्रालयमा आयोजित सरसफाइसम्बन्धी उक्त तालिममा आफू पनि सहभागी हुने इच्छा रहेको भए पनि कार्यव्यस्तताका कारण सहभागी हुन नसकेको जानकारी दिए।

उपप्रधानमन्त्री श्रेष्ठले हरेक व्यक्तिले धेरै थोरै जति भए पनि शारीरिक श्रम गर्नुपर्ने सुझाव दिए। उनले भने, “आजकल आधुनिक तथा सम्पन्न परिवारका मानिस शारीरिक श्रम गरे सानो मान्छे भइन्छ भन्ने गलत चिन्तनको विकास भएको छ, यस्तो संस्कार बस्यो भने भोलिको पुस्ताले पनि दुःख पाउँछ, घरको कोठा, बगैँचा, आफूले खाना खाएका भाँडा सफा गर्ने आदिजस्ता केही न केही श्रममा अहिलेदेखि नै बालबालिकालाई लगाउनुपर्छ।”

कुनै पनि काम सानो या ठूलो नहुने भन्दै मन्त्री श्रेष्ठले सरसफाइकर्मीले आफैँले आफू सानो मान्छे हुँ भन्ने सोच पनि राख्न नहुने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानलाई नेपाल सरकारको नीति तथा कार्यक्रममा समेटी सरसफाइसम्बन्धी नीति निर्माण गरेको हो। सोही नीतिबमोजिम अहिले सरकारी क्षेत्र निकायका सफाइकर्मीलाई तालिम प्रदान गरिन थालिएको छ।

सो कार्यक्रममा प्रधानमन्त्री दाहालका जनस्वास्थ्य तथा सरसफाइविज्ञ खेम शर्माले आफूले दश दिनसम्म तालिममा सिकेका कुराहरुलाई अक्षरस व्यवहारमा लागू गरी आफू खटिएका कार्यालय तथा बस्ने स्थानहरुलाई सधैँ सफा राख्न उक्त तालिम लिएका सरसफाइकर्मीहरुलाई आग्रह गरे। उनले भने, “सरसफाइ हाम्रो अभियानमात्र होइन अङ्ग नै हो, त्यसैले आफूले सिकेको सीप र ज्ञानलाई व्यवहारमा लागू गर्नुहोला।” उनले प्रधानमन्त्री ‘दाहाल’ ले अघि सार्नुभएको ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानअन्तर्गत सरकारका विभिन्न निकायले यससम्बन्धी निर्देशिका निर्माण गरिरहेका र पछिल्लो समय विभिन्न मन्त्रालयले सुरु गरेको सरसफाइसम्बन्धी तालिमले ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियान सफल हुने धारणा राखे।

उक्त समापन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पठाउनुभएको सरसफाइसम्बन्धी शुभकामना सन्देश पढेर सुनाइएको थियो। गृह मन्त्रालयद्वारा सञ्चालित यस तालिममा यस मन्त्रालयका ५६ जना सफाइकर्मीको सहभागिता थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

हेटौँडामा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा १

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत

प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने

Techie IT