Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालअनुमतिबिना अरुको नागरिकता प्रयोग गरी वान एक्स बेटबाट कारोबार

अनुमतिबिना अरुको नागरिकता प्रयोग गरी वान एक्स बेटबाट कारोबार


काठमाडौँ। वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीबिना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ।

उक्त खेलमार्फत उनले रु ३१ करोडभन्दा बढी रकमको कारोबार गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

गत जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरुको मन्जुरीबिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनाधिकृतरुपमा खातामा रु ३१ करोड ३२ लाख ६४ हजार दुई सय ५२ जम्मा गरेर सो रकम अन्य खातामा पठाएको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार निज अभियुक्तबिरुद्ध दुई पीडितले बैङ्किङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (क) र (ख), दफा ५ को (क) र (ग) र दफा ६ बमोजिम कसुर गरेको किटानी जाहेरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएकामा आवश्यक कारबाहीको लागि टेकुस्थित जिल्ला प्रहरी परिसर पठाइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौता

काठमाडौँ । विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर माग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका

लगानी सम्मेलन भव्य रुपमा सफल भयोः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन– २०२४ भव्य रुपमा सफल भएको दाबी गरेका छन् । सम्मेलनमा भाग

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ ।

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने गाडीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र

राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेकी छिन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार सिंहदरबारमा एक

नेपाली नागरिकका लागि चीनले भिसा शुल्क नलिने

काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली

Techie IT