Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालआइडिया बैङ्कको छनौट चरण सम्पन्न

आइडिया बैङ्कको छनौट चरण सम्पन्न


काठमाडौँ। काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले काठमाडौँ मेट्रो आइडिया एण्ड इनोभेसन्स (केएमआइआइ) २०८० का अन्तिम ५० समूह छनौटका लागि प्रस्तुतिकरण चरण सम्पन्न गरेको छ। आयोगको बैठक कक्षमा ३ दिन चलेको सोच प्रस्तुतिमा १०१ व्यक्ति÷समूहलाई निर्णायक समक्ष सोच, यससँग प्रविधि र साझेदारसँगको सम्बन्ध, व्यावसायिक सम्भावना लगायत विषय राख्न समय दिइएको थियो। ५ मिनेटको प्रस्तुतिपछि निर्णायकहरुले सोधेका प्रश्नहरुको जवाफ दिनुपर्ने थियो।

यस चरणका लागि समुदाय र वातावरण विधामा ३२, प्रशासनिक प्रभावकारितामा ७ वटा, सामुदायिक सेवामा २३ वटा, आर्थिक सामाजिक क्षेत्रमा १९ वटा र सहरी पूर्वाधारमा २० वटा गरी १०१ सोच छानिएका थिए। यसमा ७८ वटा समूह र २३ जना व्यक्ति छन्। यसबाट ५० समूह छानिने हुन्।

२०८० जेठ २ गते पहिलो पटक सूचना प्रकाशित गरेर आवेदन आव्हान गरिएको थियो। यसका लागि जेठ १९ गतेसम्म समय तोकिएको थियो। यस अवधिमा प्रस्ताव पठाउन नसकेका तर सहभागी हुन इच्छा गरेका व्यक्ति तथा समूहलाई अवसर दिन १० दिनको समय थप गरेर २९ गतेसम्म पुर्याइयो। यस अवधिमा ७८६ जनाले आवेदन दिएका थिए।

आइडिया बैङ्क नविनतम सोचलाई लगानीसँग जोड्ने ठाउँ हो। नवप्रर्वतक, उद्यमी ब्यावसायीको सिप तथा ज्ञान अभिबृद्धि गर्दै लगानीकर्तासँग जोडिन्छ। सहरी योजना आयोगका सदस्य प्रतिक अधिकारी भन्छन्, ‘नविनतम सोचलाई उद्यमशील क्षेत्रका रुपमा विकास गर्न विकास कार्यमा सहयोग गर्ने, विकसित सोचलाई लगानीकर्तासँग जोडेर वेरोगजारसँग सम्बन्धित समस्या कम गराउने यसको लक्ष्य हो।’

अन्तिम ५० समूहको नाम सार्वजनिक गर्ने र त्यसपछिका चरण सञ्चालन गर्ने अबको काम हो। सहरी योजना आयोग सचिवालय प्रमुख कुमारी राईको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेकी छिन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार सिंहदरबारमा एक

नेपाली नागरिकका लागि चीनले भिसा शुल्क नलिने

काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली

शंखमूलस्थित एक ग्यारेजमा आगलागी

काठमाडौँ । काठमाडौँको शंखमूलस्थित एक ग्यारेजमा आइतबार आगलागी भएको छ । ग्यारेजबाट सुरु भएको आगलागी सँगै जोडिएका अरू टहरामा समेत

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन

जापानी परराष्ट्रमन्त्री वैशाख २३ गते नेपाल आउने

काठमाडौं । जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते अर्थात् अर्को आइतवार नेपाल भ्रमणमा आउने भएको छ । जापानको विदेश

इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय

Techie IT