गृहपृष्ठ ∕ नेपाल ∕ नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधननेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन नेपाली पत्र शनिबार, २०८० असार २३ गते, ०८:१७ मा प्रकाशित नेपाल पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ ।बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । शुक्रबार साँझ ६ः१५ बजे हृदयघाट भई ५२ वर्षीय पाण्डेयको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकोमा ६ः४५ बजे अस्पतालले मृत्यु घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।मृतक पाण्डेयको दुई छोरा र श्रीमती हुनुहुन्छ । पाण्डेयको २६ वर्षीय माहिलो छोराको पनि गत वर्ष हृदयघाटबाटै मृत्यु भएको थियो । पूर्वएमाले पाल्पाको उपसचिव रहेका मृतक पाण्डेय पाल्पामा सरल र स्वच्छ छवि बनाएका नेता हुन् ।उनी गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेका थिए । शनिबार बिहान कालीगण्डकी नदीको राम्दीघाटमा पाण्डेयको अन्त्येष्टि गरिँदैछ । #अध्यक्ष पाण्डेयग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ४ ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी ५ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ६ सुनको भाउ घट्यो ७ न्यायाधीश न्यौपानेलाई सरुवा गर्ने प्रस्ताव आफ्नो नभएको कानुनमन्त्रीको प्रष्टोक्तिThe Film Nepal