Techie IT
२०८२ कात्तिक २, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालस्वर्गीय बस्नेत लोकतान्त्रिक आन्दोलनका अथक योद्धा: पूर्वराष्ट्रपति डा यादव

स्वर्गीय बस्नेत लोकतान्त्रिक आन्दोलनका अथक योद्धा: पूर्वराष्ट्रपति डा यादव


काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य स्वर्गीय पुरुषोत्तम बस्नेत लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भएको बताएका छन्।

जननायक बिपी कोइराला स्मृति ट्रष्टका संस्थापक सदस्य एवम् कोषाध्यक्ष स्वर्गीय बस्नेतको १३औँ पुण्यतिथिका अवसरमा ट्रष्टले आज यहाँ आयोजना गरेको ‘श्रद्धाञ्जली सभामा उनले बस्नेत लोकतन्त्र स्थापनाका लागि निरन्तर सङ्घर्षशील नेता भएको बताए ।

“कांग्रेसको अस्तित्व जोगाउनका लागि स्व बस्नेतको योगदान महत्वपूर्ण छ, कांग्रेसभित्र पुरुषोत्तम बस्नेतको तुलनामा हाम्रो योगदान कम छ,” उनले भने । पूर्वराष्ट्रपति डा यादवले स्वर्गीय बस्नेतको कृतिलाई जननायक बिपी कोइराला स्मृति ट्रष्टले संरक्षण गर्नुपर्ने बताए ।

वरिष्ठ साहित्यकार डा अभि सुवेदीले नेपाली साहित्य जगतमा स्वर्गीय बस्नेतको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । नेपाली साहित्य जगतमा पुरुषोत्तमको विशिष्टतालाई हामीले चिन्न सकेका छैनौँ,” उनले भने ।

श्रद्धाञ्जली सभामा कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेता डा शेखर कोइराला, डा शशाङ्क कोइराला, सुजाता कोइराला, बद्री पाण्डे, पूर्वसभामुख दमननाथ ढुङ्गाना, तारानाथ रानाभाट, ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइराला, कार्यकारी निर्देशक राजेन्द्र पराजुलीलगायतको उपस्थिति थियो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका पूर्वसभापतिसमेत भइसक्नुभएका स्वर्गीय बस्नेतले राजनीतिसँगै साहित्यिक यात्रालाईसमेत अगाडि बढाएका थिए ।

लामो समयसम्म कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन गरेका स्व बस्नेतले ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग एक र दुई जस्ता महत्वपूर्ण कृति लेखेका थिए ।

गोरखापत्र संस्थानको पूर्वकार्यकारी अध्यक्षसमेत रहनुभएका स्व बस्नेतले धेरै साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका थिए ।

लामो समयसम्म कांग्रेसको प्रेस प्रमुख र पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेर उहाँले कुशलतापूर्वक कार्य गरेका थिए । जननायक बिपी कोइराला स्मृति ट्रष्टका महासचिव एवम् संविधानसभा सदस्य रामचन्द्र पोखरेलले राजनीतिक जीवनका क्रममा स्व बस्नेत विभिन्न समयमा गरी नौ वर्ष जेलजीवन बसेको बताए ।

स्व बस्नेत अत्यन्त शालिन, सादगी र सरल व्यक्तित्वको रुपमा परिचित थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT