Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालटोखामा चार सय ३४ सडकबत्ती जडान

टोखामा चार सय ३४ सडकबत्ती जडान


टोखा । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ ।

आर्थिक वर्ष २०७९–८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र एक सय ३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए ।

टोखाले आव २०७९–८० मा वडा नं २ र ६ को वडा कार्यालय भवन निर्माण गर्नुका साथै नगरपालिकाको प्रशासकीय भवन निर्माणसमेत सम्पन्न गरेको छ । सार्वजनिक भवन, ताल, पोखरी संरक्षण, ऐतिहासिक सम्पदाको पुनःनिर्माण, नदी नियन्त्रण, खानेपानी डिप बोरिङ एवम् पाइपलाइन विस्तारलाई प्राथमिकता दिएको टोखाले चालु आवमा १२ दशमलव १५ किलोमिटर पक्की सडक निर्माण गरिसकेको छ ।

यस्तै, ब्लक विच्छ्याउने काम तीन दशमलव २९ वर्ग किलोमिटर, पुल कल्भर्ट १२ वटा, ढल विच्छ्याउने तथा मर्मत कार्य पाँच दशमलव ११ किलोमिटर, खानेपानी पाइपलाइन विच्छ्याउने तथा मर्मत एक सय ३२ स्थानमा गरिएको सो नगरपालिकाले जनाएको छ ।

उपप्रमुख तामाङले टोखाले खेलकुद क्षेत्रको विकासका लागि अन्तर विद्यालयस्तरीय विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न गर्नुका साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको बताए ।

दीर्घरोग विरुद्धको अभियानमा मेयर कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण, ६० वर्ष माथिका दुई हजार एक सयभन्दा बढी व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको सो नगरपालिकाले जनाएको छ । टोखाले नगरवासी बिरामीलाई निःशुल्क रगतको व्यवस्था समेत गरेको छ ।

टोखाले नगरपालिका र वडामा नगद राजस्व क्यूआर कोर्डमार्फत भुक्तानी सुरुआत गरेको उपप्रमुख तामाङले बताए । टोखाले आव २०७९र८० को वार्षिक लक्ष्यको ९४ दशमलव ९१ प्रतिशत राजस्व सङ्कलन हुने लक्ष्य लिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँ महानगरले १ लाख बीमितको कार्ड जारी गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा

सरकारले गर्‍यो ६ सचिवको सरुवा

काठमाडौँ । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय

काठमाडौँ । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौँ । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । छात्राको अवस्था

जापान पठाइदिन्छु भन्दै ३ करोड ठग्ने दुई जना पक्राउ

काठमाडौँ । अरूको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ

स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्तः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता

Techie IT