Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालश्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ

श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ


काठमाडौँ। नेपाल प्रहरीले श्रृखलाबद्ध रुपमा सुनको सिक्री लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरेको हो।

सो गिरोहले मोटरसाइकलको प्रयोग गरेर बिहानको समयमा मर्निङ वाकमा हिँडिरहेका महिलाले लगाएको सुनको सिक्री लुटपाट गर्ने गरेका थिए।

पक्राउ पर्नेमा रामेछाप घर भई हाँडीगाउँ बस्ने रविन दमाई, धरान घर भइ चावाहिल बस्ने रवि विश्वकर्मा, काभ्रे घर भइ बानेश्वर बस्ने उमेश क्षेत्री, धनकुटा घर भइ राममन्दिर बस्ने राहुल माझी र भारत घर भइ न्युरोड बस्ने श्रकान्ता माइतीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए।

असार १ गते कपुरधारा, ग्रान्डी चोक, असार ३ गते नागार्जुन बुद्ध चोक, असार १३ गते टोखा विष्णुमती, असार १९ गते टोखा कृष्ण मन्दिर र काठमाडौँ बंगलामुखी मन्दिर, असार २० गते टोखा र चागलमा उनीहरूले सुनको सिक्री लुटपाट गरेको खुलेको र सीसीटीभी लगायतका माध्यमबाट अनुसन्धान पछि उनीहरूलाई पक्राउ गरिएको केसीले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेकी छिन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार सिंहदरबारमा एक

नेपाली नागरिकका लागि चीनले भिसा शुल्क नलिने

काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली

शंखमूलस्थित एक ग्यारेजमा आगलागी

काठमाडौँ । काठमाडौँको शंखमूलस्थित एक ग्यारेजमा आइतबार आगलागी भएको छ । ग्यारेजबाट सुरु भएको आगलागी सँगै जोडिएका अरू टहरामा समेत

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन

जापानी परराष्ट्रमन्त्री वैशाख २३ गते नेपाल आउने

काठमाडौं । जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते अर्थात् अर्को आइतवार नेपाल भ्रमणमा आउने भएको छ । जापानको विदेश

इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय

Techie IT