Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

बुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ


बुटवल । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न समयमा समूह बनाएर मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका १९ वर्षीय तरुन राना, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रामग्राम नपा–१४ का ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई हाल तिलोत्तमा–५ बस्ने २६ वर्षीय सरोज थापा, सोही ठाउँकै २६ वर्षीय दीपक रेगामी, तिलोत्तमा–६ का २४ वर्षीय दीपेश थापा र तिलोत्तमा–६ का २५ वर्षीय हितेश राना रहेका छन् ।

तिलोत्तमा–४ का १८ वर्षीय आकाश नेपाली, बाग्लुङ, वरेङ गाउँपलिका–५ सुखौराका १९ वर्षीय आशिष सामत, सोही ठाउँकै वर्षीय दीपक सामत, २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा र २२ वर्षीय मिलन खत्री पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

मोटरसाइकल चोरी गर्ने र पार्टपुर्जा बिक्री वितरणमा संलग्नलाई पक्राउ गरिएको उनले बताए । पछिल्लो समय चोरीका घटना अत्यधिक बढेपछि प्रहरी अधिकृतको नेतृत्वमा विशेष अनुसन्धान टोली नै गठन गरेर उनीहरूलाई विभिन्न जिल्लाबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरू उपर चोरीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले सोमबार आयोजित पत्रकार सम्मेलनमा फेला पारिएका १४ वटा मोटरसाइकलसमेत सार्वजनिक गरेको छ । भेटिएका मोटरसाइकल सवारीधनीलाई खोजी गरी जिम्मा लगाउने काम भइरहेको प्रनाउ थापाले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT