Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालतारकेश्वर नगरपालिकाद्वारा वृक्षारोपण

तारकेश्वर नगरपालिकाद्वारा वृक्षारोपण


काठमाडौँ । तारकेश्वर नगरपालिकाले वातावरण संरक्षण गर्ने उद्देश्यले आज वृक्षारोपण गरेको छ । नगरपालिका–६ स्थित धर्मस्थलीमा जनप्रतिनिधिलगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो ।

हरित नगरपालिका बनाउने उद्देश्यले अम्बा, ओखर, कपुरलगायतका तीन हजार पाँच सय बिरुवा आज रोपिएको छ । साथै वडा नं १ देखि ११ सम्म वृक्षारोपण गर्ने कार्यक्रम रहेको नगर प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए ।

तारकेश्वरका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले जग्गा जथाभावी खण्डिकरण हुँदा यसले वातावरणमा असर पारेको भन्दै वातावरण संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा कृष्णबहादुर घिमिरेले भने, “वृक्षारोपण अभियान सरकारको हो । यसमा तीन वटै तहका सरकारको सहयोगमा काम भइरहेको छ ।”

जनप्रतिनिधिहरुले वृक्षारोपण गर्ने उद्देश्यले फलफूलसहितका पाचँ हजार बिरुवा ल्याइसकेको र ११ वटै वडामा वृक्षारोपण गरिने उनको भनाइ छ । विरुवाका लागि काठमाडौँ जिल्ला सम्वन्य समिति र जेभी फाउन्डेसनले सहयोग गरेको हो ।

आजको वृक्षारोपण कार्यक्रममा नगरका जनप्रतिनिधि वडा अध्यक्ष कर्मचारीलगायतको उपस्थिति थियो । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT