Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालमनाङ एयरको हराएको हेलिकप्टर खोज्न अर्को हेलिकप्टर परिचालन

मनाङ एयरको हराएको हेलिकप्टर खोज्न अर्को हेलिकप्टर परिचालन


काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ ।

सोलुखुम्बुको सुर्केबाट विहाना ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।

मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार सम्पर्कविहीन हेलिकप्टरमा पाइटलसहित ६ जना सवार थिए । उहाँका अनुसार पाँच यात्रु मेक्सिकन नागरिक हुन् । प्रतिकूल मौसमका कारण खोज्न गएको हेलिकोप्टर गन्तव्यमा पुग्न नसकेको जनाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भिजिट भिसाको दुरुपयोग बढेको भन्दै विमानस्थलमा कडाइ

काठमाडौँ । भिजिट भिसाको दुरुपयोग बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले कडाइ गरेको छ । पछिल्लो एक हप्तामा भिजिट

कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम पक्राउ

काठमाडौँ । ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ

पाल्पामा स्काेर्पियो दुर्घटना हुँदा नौ जना घाइते

काडमाडौँ । पाल्पामा स्कोर्पियो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । जिल्लाको निस्दी गाउँपालिका–४, स्थित झ्याङ्लिङ् सडक खण्डमा आइतबार

काठमाडौँका यी स्थानमा दैनिक ४ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबार देखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ । विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका

चितवनमा पेस्तोल देखाएर सुन चाँदी र नगद लुटपाट

चितवन । चितवनमा पेस्तोल देखाएर सुन चाँदी र नगद लुटपाट भएको छ । कालिका नगरपालिपका ६, खोलेसिमलमा रहेको सुनचाँदी पसलमा

पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका घरटहरा हटाउने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले काठमाडौँको तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने तयारी गरेको छ । तिलगंगा क्षेत्रमा

Techie IT