गृहपृष्ठ ∕
नेपाल ∕
साइकल यात्रुलाई मुक्का हानेर बेहोस अवस्थामै सडकमा घिसार्ने भेटवाल पक्राउ साइकल यात्रुलाई मुक्का हानेर बेहोस अवस्थामै सडकमा घिसार्ने भेटवाल पक्राउ
विराटनगर। साइकल यात्रुलाई मुक्का हानेर बेहोस अवस्थामै सडकमा घिसार्ने व्यक्ति पक्राउ परेका छन्। विराटनगर महानगरपालिका ४ स्थित दूधफारम चोकनजिकै एक साइकल यात्रीलाई मुक्का हानेर सडकमा लडाएपछि घिसार्दै गरेको भडियोमा देखिएका व्यक्ति पक्राउ परेका हुन्।
साइकल यात्रीलाई मुक्का हानेर लडाएको भिडियो भाइरल बनेपछि मोरङ प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। प्रहरीका अनुसार असार १९ गते राति कोशी राजमार्गमा निजी गाडीबाट ओर्लिएर विराटनगर ४ का १९ वर्षीया आयुष भेटवालले साइकल यात्रुलाई मुक्का हानेर ढलाएका थिए। त्यसपछि बेहोस भएका साइकल यात्री विराटनगर–६ बस्ने पवन साहलाई अमानवीय ढंगले सडकमा घिसारेर पल्लो छेउ पुर्याएका थिए। भेटवालले साइकल यात्रीलाई बेहोस अवस्थामै अमानवीय ढंगले घिसारेको भिडियो भाइरल बनेको छ।
विराटनगर–४ खारजी बस्ने भेटवाललाई घटना भएको १० घण्टापछि पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दिपक पोखरेलले जानकारी दिए।
पीडित साहले आफू फ्याक्ट्रीमा काम गरेर साथीसँगै साइकलमा घर फर्कने क्रममा भेटवालले निजी गाडीबाट एक्कासी उत्रिएर मुक्का हानेर बेहोस बनाएको बताए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले
सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास
काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन
ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा