Techie IT
२०८२ असोज ३०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठUKनेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत बलियो साझेदारः मन्त्री बस्नेत

नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत बलियो साझेदारः मन्त्री बस्नेत


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत सरकार बलियो साझेदार भएको बताएका छन् ।

बेलायती राजदूतावासका कार्यबाहक राजदूत पिप्पा बर्डसँग आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य प्रणाली सुधारका लागि आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।

उनले २२ वर्ष पहिले आफू स्वास्थ्य राज्यमन्त्री भएको बेला बेलायत भ्रमण गरेको स्मरण गर्दै बेलायतबाट नेपालले धेरै कुरा सिक्न चाहेको बताए । स्वास्थ्य क्षेत्रमा गरिएको निरन्तर सहयोगका लागि मन्त्री बस्नेतले बेलायत सरकारलाई धन्यवादसमेत दिए ।

नेपालका लागि बेलायती राजदूताबासका कार्यबाहक राजदूत बर्डले नेपाल र बेलायतबीच पुरानो दौत्यसम्बन्ध भएको भन्दै नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरण गर्दै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्विमा सहयोग गर्न बेलायत सरकार प्रतिबद्ध रहेको बताए ।

भेटका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालको स्वास्थ्य क्षेत्र सुधारमा बेलायत सरकारको सहयोग उल्लेखनीय रहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

Techie IT