Techie IT
२०८० फागुन १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालडोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


डोटी । डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन् ।

बा१झ ९४३४ नम्बरको सरaकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

घटना बुधबार बेलुकी ६ः३० बजे भएको हो । गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भई कच्ची सडकबाट पाँच मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा वीरबहादुर खड्का, रवीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल

अध्यागमन विधेयक बहुमतले स्वीकृत भई राष्ट्रिय सभाबाट फिर्ता

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भई फिर्ता गरिएको छ

गाँजासहित दुई एम्बुलेन्स नियन्त्रणमा

काठमाडौँ । तस्करहरुले बिरामी बोक्ने एम्बुलेन्सलाई गाँजा तस्करीमा प्रयोग गरेको पाइएको छ । सुनसरीको चतरा र धनकुटाको भेडेटारबाट गाँजा लोड

बारामा भएको ग्यास सिलिन्डर बिस्फोटमा एक जनाको मृत्यु, ४ जना…

काठमाडौँ । बारामा भएको ग्यास सिलिन्डर बिस्फोटमा एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिकामा सोमबार दिउँसो भएको ग्यास सिलिन्डर

संसद भवन छिरेर लघुवित्त पीडिलते गरे नाराबाजी

काठमाडौँ । लघुवित्त पीडित ऋणीहरु सुरक्षा घेरो छिचोलेर संसद् भवन परिसरमै प्रवेश गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद्

इलाम र बझाङ उपनिर्वाचनः चैत २४ मा उम्मेदवारी दर्ता

काठमाडौँ । इलाम २ र बझाङ १ को (ख) मा हुन लागेको उपनिर्वाचनका लागि चैत २४ गते मनोनयन दर्ता हुने

Techie IT