Techie IT
२०८१ वैशाख ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालसुर्तीजन्य पदार्थबाट उठ्ने करको रकम स्वास्थ्य मन्त्रालयले पाउनुपर्छः स्वास्थ्यमन्त्री बस्नेत

सुर्तीजन्य पदार्थबाट उठ्ने करको रकम स्वास्थ्य मन्त्रालयले पाउनुपर्छः स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने बताएका छन्।

बिहीबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बस्नेले सुर्तीजन्य पदार्थमा लाग्ने करवाफतको झण्डैं ६ अर्ब रुपैयाँ स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने माग गरेका हुन्।

अहिले मन्त्रालयले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने चार अर्ब मात्र प्राप्त गरेको बस्नेतको भनाइ छ। उनले करबाट प्राप्त रकमबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी थप्न सकिने बताए ।

उनले स्वास्थ्य सेवाको विस्तार गर्न स्वास्थ्यका भौतिक पूर्वाधारसँगै स्वास्थ्यको जनशक्तिको आवश्यकता उत्तिकै भएको जनाउँदै दरबन्दी थप्न आवश्यक भएको औंल्याए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमतिको प्रयास भइरहेको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्ने प्रयास भइरहेको बताएका छन्

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा ६ जनाविरुद्ध ४० करोडभन्दा बढीको बिगो…

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सफल श्रेष्ठसहित छ जनाविरुद्ध आज

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका

काठमाडौँको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

काठमाडौँ । गएराति काठमाडौँको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भइ कुमारी टोलमा बस्दै आएका २४ वर्षीय

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

काठमाडौँ । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न सुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्याइएको हो

प्रतिनिधि सभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । शुक्रबारको बैठक नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आगामी जेठ १

Techie IT