Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसालिक छैन, भानुचोक छ…

सालिक छैन, भानुचोक छ…


काठमाडौँ । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीका अवसरमा उहाँले नेपाली भाषा र साहित्यको उन्नयनमा पुर्याएको योगदानका विविध पक्षको स्मरण गर्दै चर्चा गरिएको छ ।

मोर्डन कन्या मल्टिपल कलेज, भीमसेन गोला, बानेश्वरले आज आयोजना भानुजयन्ती कार्यक्रममा इतिहासविद्, साहित्यकार, प्राध्यापक र छात्राहरूले भानुले नेपाली साहित्यको श्रीवृद्धिमा पु¥याएको योगदानबारे कविता र मुक्तकमार्फत उजागर गर्दै उनलाई प्रेरणा दिने घाँसीको समेत स्मरण गरे ।

सो अवसरमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले भानु आफूले आर्जेको ज्ञानलाई रचनामार्फत उजागर गरेकै कारण आज संसारका कुनाकाप्चामा पुग्न सफल भएको बताए । उनले भने, “भानुको योगदानलाई औपचारिक रूपमा चिनाउने काम दार्जिलिङबाट भएकामा त्यसको धेरैपछि मात्र नेपालमा जयन्ती मनाउन सुरु गरिएको हो ।”

उहाँहरूले विदेशमा भानुका धेरै सालिक र स्मारक भए पनि यहाँ भएका भने तोडफोड गरिएकामा दुखेसो पोख्नुभयो । सालिक नष्ट गरिए पनि अझै जनकपुरलगायत कतिपय स्थान विशेषको नाम भानुचोकबाट परिचित छ । पृथ्वीनारायण शाहको टुक्राटुक्रामा विभाजित नेपाललाई एकीकरण गर्ने अभियानलाई भानुभक्तले भाषा र साहित्यका माध्यमबाट पूर्णता दिएका थिए । नेपालीजनले रुचाइएका शब्द र लय टिपेर लेखिएको ‘रामायण’ले नेपालीलाई भाषागत रूपमा एकीकरण गर्न सफल भएकोे हो ।

इतिहासविद् प्रा दिनेशराज पन्तले ससाना राज्यमध्ये सबैभन्दा कमजोर गोरखाका राजा पृथ्वीनारायणले राज्यविस्तार गरी भौगोलिक एकीकरणको भाव दिएजस्तै भानुकै योगदानका कारण अहिले विश्वका एक सय ९० भन्दा बढी मुलुकमा नेपाली भाषा पनि पुगेकामा गौरव प्रकट गरे ।

दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तले नेपाली जाति विश्वका जुन कुनामा पुगेका छन् त्यहाँ भानुभक्त पनि पुग्छन् भन्ने मान्यता रहेको बताए । उनले भने, “तलबार र कलमको तागतमध्ये कुन बलियो भन्ने उत्तर ‘रामायण’ले दिएको छ, तलबारको शक्ति खुम्चिएको छ भने भानुले आर्जेको कलमको तागत फैलँदो छ ।” साहित्यकार जय छाङ्छाले भानुले नैतिक र नीति शिक्षाका लागि ठूलो प्रेरणा प्रदान गरेको जनाउँदै उनी स्वदेशमा भन्दा विदेशमा लोकप्रिय र पूजनीय रहेको विचार राखे ।

कलेजका अध्यक्ष प्रा डा रामप्रसाद दाहालले ‘भानुभक्तको रामायण’ रचना नभएको भए नेपाली साहित्य आजको जस्तो परिष्कृत र विकास नहुने बताए । उनले भने, “बयालिस वर्षदेखि मैले निरन्तर रूपमा भानुजयन्ती कार्यक्रम गर्दैआएको छु, उनको ‘रामायण’ थिएन भने नेपाली साहित्य अहिलेको अवस्थामा हुन्थेन, भानुको योगदानलाई राज्यले कदर गर्नुपर्छ, त्यसमा अझै कमजोरी छ ।’

कलेजका प्राचार्य सविन पोखरेलले भानुभक्तको भाषा, साहित्य र शब्द चयनले उनी चिरपर्यन्त झन् झन् अमरत्व प्राप्त गरिरहेको बताए ।

सो अवसरमा सहभागी वक्ताले भानुजयन्ती राष्ट्रियता जगाउने कविता महोत्सवका रुपमा रहेको चर्चा गर्दै विदेशमा स्थापित सालिक, स्मारक र आयोजना हुने कार्यक्रमले उनी स्वदेशजत्तिकै विदेशमा पूजनीय र स्थापित रहेको धारणा राखे ।

कार्यक्रममा आदिकविका तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरियो । सो अवसरमा कलेजका छात्रा शर्मिला कार्की, गङ्गा केसीलगायतले भानुको काव्य सोच, अहिले मुलुकमा बिथोलिएको राजनीतिक घटना र कतिपय नेतामा देखिएको नैतिकताका खडेरी सम्बन्धमा व्यङ्ग्यात्मक रचना प्रस्तुत गर्नुभयो भने मुक्तक समाजका अध्यक्ष रामकाजी कोनेले भानु र मायाप्रीतिसँग सम्बन्धित मुक्तक वाचन गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT