गृहपृष्ठ ∕ नेपाल ∕ हत्या आरोपी कारागार चलानहत्या आरोपी कारागार चलान नेपाली पत्र शनिबार, २०८० असार ३० गते, १३:२५ मा प्रकाशित नेपाल बैतडी । महिलाको हत्या आरोपमा दुई वर्षपछि पक्राउ परेका मेलौली नगरपालिकाका ४४ वर्षीय गोरख दयाल कारागार चलान भएका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामिकाँडेकी ३६ वर्षीया गीतादेवी मल्लको हत्या आरोपमा दयाललाई प्रहरीले यही असार दोस्रो साता पक्राउ गरेको थियो ।मल्लको हत्यामा संलग्न रहको भन्दै जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । विसं २०७८ साउन ८ गते बैतडीको मेलौली नगरपालिका–५ स्थित माइती घर आउँदै गरेकी मल्ल मेलौली नगरपालिका–७ ल्वाथलीमा मृतावस्थामा फेला परेकी थिइन् । शव फेला परेपसछि प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दा गोरखको संलग्नता रहेको भन्दै गोरखलाई पक्राउ गरेको थियो ।मृत्युभन्दा अघिल्लो दिन मल्ल गोरखको सम्पर्कमा आएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी निरीक्षक जोशीले बताए । गोरखविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्दा निजले प्रहरीसमक्ष मल्लको हत्या गरी शव फालेको भनी बयान दिएका थिए । #कारागार चलानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ वास्तु टिप्स: यस दिशामा चराहरूको चित्र राख्नाले घरको भाग्य बदलिन्छ र आर्थिक लाभ मिल्छ ३ कस्तो छ उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था ? ४ एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण ५ चितवनमा कल्भर्टमुनि भेटिएका दुई शवको पहिचान हुन सकेन ६ The British College Announces Career Fest 2024: Tackling Brain Drain and Bridging Talent with Opportunity ७ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and TraditionThe Film Nepal