Techie IT
२०८० असोज ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालवैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध


काठमाडौँ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ ।
सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिनुअगावै कोषमा सूचीकृत हुनुपर्नेछ । कोषमा औपचारिक क्षेत्रका चार लाख २३ हजार ९२ श्रमिक आबद्ध भएका छन् ।
कोषमा हालसम्म औपचारिक र वैदेशिक क्षेत्रका गरी कूल छ लाख ३९ हजार एक सय ७४ श्रमिक सूचीकृत भएका छन् । कोषले विभिन्न सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई रू पाँच अर्ब एक करोड दाबी भुक्तानी गरेको छ ।
कोषमा १८ हजार रोजगारदाता सूचीकृत भएका कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । उनका अनुसार हालसम्म रू ३६ अर्ब २६ करोड योगदान रकम सङ्कलन भएको छ । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।
कोषले औपचारिक क्षेत्रका श्रमिकका तर्फबाट मासिक ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत योगदान रकम सङ्कलन गर्दै आएको छ । कोषबाट हालसम्म ८८ हजार पाँच सय ८५ योगदानकर्ताले विभिन्न सुविधा लिएका छन् ।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको मात्रै होइनः उपमेयर डंगोल

काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको मात्रै नभएको बताएकी छिन्। सोमबार काठमाडौँमा आयोजित पत्रकार

गर्भवती प्रेमिकाको हत्या गरी फरार अरूण ६ वर्षपछि पक्राउ

काठमाडौँ। प्रेमिकालाई गर्भवती बनाई हत्या गरि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीको बोदेबसाइन नगरपालिका– ८ काचनका ३५

उदयपुरमा डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु

गाईघाट। उदयपुरको बेलका नगरपालिका– ५ खारखोलाको एक जनाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ। खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेङ्गुको सङ्क्रमणबाट

राहत शिक्षकद्वारा सडकमै सुतेर विरोध प्रदर्शन

काठमाडौँ। बिभिन्न मागहरु राख्दै आन्दोलन गरिरहेका राहत शिक्षकहरूले आज सडकमै सुतेर विरोध गरेका छन्। आफ्ना माग पुरा नभएको भन्दै राहत

ईः ले भने, हामीसँग कुरा गर्न मेयर बालेन होइन, एक…

काठमाडौँ। भियन्ता ईः ले आफूहरूलाई भेट्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नभई एक जना नगर प्रहरी आएको प्रष्ट पारेका छन्।

प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा आउनुभएनः मेयर बालेन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा नआएको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर शाहले

Techie IT