गृहपृष्ठ ∕ नेपाल ∕ लुम्बिनीका पूर्वमन्त्री तथा एमाले नेता विजय यादव पक्राउलुम्बिनीका पूर्वमन्त्री तथा एमाले नेता विजय यादव पक्राउ नेपालीपत्र सोमबार, २०८० साउन १ गते, ११:०० मा प्रकाशित नेपाल बुटवल। लुम्बिनी प्रदेशका पूर्वकृषि मन्त्री एवं एमाले नेता विजयबहादुर यादव पक्राउ परेका छन्। बैंकिङ कसूर मुद्दामा बाँके प्रहरीले यादवलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले एमाले नेता तथा पूर्व प्रदेश कृषि मन्त्री यादवलाई आइतवार बाँकेको डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो।बैंकिङ कसूर मुद्दामा रुपन्देही जिल्ला अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले पुष्टि गरे। नेपाली कांग्रेसबाट राजनीति शुरू गरेका यादव अघिल्लो चुनावमा टिकट नपाएपछि जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।पार्टीको निर्णय विपरीत दोस्रोपटक शंकर पोखरेल नेतृत्वको सरकार टिकाउन सरकारमा सहभागी भएको भन्दै पार्टीले कारवाही गरेपछि उनको प्रदेशसभा सदस्यसँगै मन्त्री पद समेत गएको थियो। पछिल्लो चुनावमा उनी एमाले प्रवेश गरेका थिए। #लुम्बिनी प्रदेशग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने २ महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै ३ जनता समाजवादी पार्टी फुट्यो ४ ‘केशरी’काे टिजर सार्वजनिक ५ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दै ६ माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै, आज अध्यक्ष प्रचण्डले जवाफ दिने ७ एमाले बागमतीमा नयाँ नेतृत्व चुन्न साँझ ६ बजेदेखि मतदानThe Film Nepal