Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालनिगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा

निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा


काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएका दुई थान न्यारोबडी जहाजमध्ये एक जहाज मर्मतपछि आज साँझदेखि नियमित उडानमा आउने भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ९एन–एकेडब्यू जहाज मर्मतपछि नियमित उडानमा जाने भएको हो । उक्त जहाजको दायाँ इञ्जिनमा समस्या देखिएको थियो । अर्को न्यारोबडी ९एन–एकेएक्स जहाजको पनि बायाँ इञ्जिनमा समस्या देखिएको छ ।

जहाजमा चरा ठोक्किँदा इञ्जिनमा आएको खराबीका कारण निगमको दुवै न्यारोबडी जहाज ग्राउन्डेड भएका थिए । “निगमका जहाज नियमित मर्मतसम्भार र इन्स्पेक्सन गर्ने क्रममा जहाजको दायाँ इञ्जिनमा समस्या देखिएकाले मर्मत भइसकेको र उक्त जहाज मर्मतपश्चात् आज बेलुकीसम्म नियमित उडानमा पठाउनेछौँ”, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी अर्को जहाज ९एन–एकेएक्सको नियमित इन्सपेक्सन गर्दा बायाँ इञ्जिनको ‘हाई प्रेसर टर्विन ट्रेलिङ एज’ मा समस्या देखिएकाले ‘एप्रुभ मेनुअल’ र निर्माता कम्पनीको सुझावअनुसार १० साइकल मात्र उडान गर्न सकिने भएकाले उक्त जहाज ग्राउन्डडेड गरिएको र यथाशीघ्र इञ्जिन मर्मत गराउने प्रक्रिया अघि बढाउने निगमले उल्लेख गरेको छ ।

अहिले देखिएको समस्याका बाबजुत यो जहाजले १० साइकल उडान भने गर्नसक्ने क्षमता थियो । त्यसमध्ये छ साइकल उडानपश्चात् इञ्जिनको मर्मतमा जाने उडान ९चार साइकल० बाँकी राखेर जहाज ग्राउन्डेड गरिएको निगमले जनाएको छ ।

नियमित मर्मतसम्भार हुँदा पनि निगमसँग भएका दुई वटा न्यारोबडी ए ३२० जहाजमा एकै समयमा चरा ठोक्किएका कारण इञ्जिनमा प्राविधिक समस्या आई ग्राउन्डेड भएकाले उपलब्ध अन्य जहाजबाट पूर्वनिर्धारित उडान सञ्चालन राखिएको निगमका प्रवक्ता पौडेलले बताए । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० गरी कूल चार वटा जहाज छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT