निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा के–के गरे?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

२०७४ सालमा स्थानीय चुनाव हुनुअघि सबै वडा सचिवले धानेका थिए । कुनैपनि स्थानीय तहमा जनप्रतिनिधिहरु थिएनन् । जनप्रतिनिधि नहुदाँ सर्वसाधारणले धेरै सास्ती र हैरानी भोग्नुपरेको थियो । यसलाई मध्यनजर गर्दै २०७४ सालमा सरकारले स्थानीय चुनाव गर्यो । स्थानीय चुनाव भएपछि हरेक स्थानीय तहमा जनप्रत्रिनिधि आउनेमा गाउँठाउँ नै हर्षित थियो । गाउँगाउँमा सिंहदरबार र घरघरमा अधिकार आँउछ भनेर नेपाली जनता निकै खुसी भएका थिए । गाउँमा पनि विकास हुन्छ, साना कामको लागि केन्द्र धाइरहनुपर्ने बाध्यता हट्यो भनेर नेपालीले निकै आश राखेका थिए । सबैले आफ्नो मनमस्तिष्कमा बसेको जनप्रतिनिधिहरुलाई मत दिने सोच बनाए । जिम्मेवार होलान, भ्रष्ट्राचार नगर्लान्, हाम्रो हकहितमा काम गर्लान भन्ने नेपालीको मनमा थियो । तर, जनप्रतिनिधिहरुले ठ्याक्कै त्यसको उल्टो गरेर देखाए । पार्टीले पैसा हुने र माफियालाई टिकट दियो । अन्ततः क्रसर व्यवसायी, निर्माण व्यवसायी, जग्गा दलाली, म्यानपावर सञ्चालकहरुले टिकट पाए । जनता नचिनेका व्यक्तिले पार्टीलाई पैसा खुवाएर टिकट हात पारे । जो मानिस जीवनभर राजनितिमा लाग्यो, भुमिगत गयो तर पैसा नभएपछि उसले टिकट पाउन सकेन् । उसले टिकट नपाउदा नेपाली त दुःखी भइ नै हाले । साथै, उसले राजनितिमा लाग्न वर्षौ गरेको संघर्ष खेर गयो । 

 

पैसाको अधिनमा रहेर दलालीहरुले टिकट पाए । टिकट लिनका लागि मेयर र वडाध्यक्षले करौडौं रकम खर्च गरेका छन् । यता, पार्टीलाई दिएको रकमको दोब्बर खर्च गरेर उनीहरुले चुनाव जिते । चुनाव त जिते तर यिनीहरुले पाँच वर्षको कार्यकालसम्म केही गर्न सकेनन् । आफ्नै नगर र वडामा सिन्कोसमेत भाच्न नसकेका जनप्रतिनिधिहरु पनि नेपालीहरुले देख्न पाए । गरिब नचिनेका जनप्रतिनिधिहरुले गरिबहरुको जीवनस्तर उकास्न केही काम गरेनन् । अर्बपतिले कहिलेपनि गरिबहरुको दुःख देखेनन्, उनीहरुको भावना र कठिनाइ यिनीहरुले बुझ्न सकेनन् । दलाल, ठेकेदार र व्यापारीको दिमागमा जतिखेर नि कसरी कमाउने भन्ने मात्रसोचाइ आएको हुन्छ । यता, अरु त छाडौ गुण्डाहरुसमेत जनप्रतिनिधि बनेका छन् । राजनितिको क पनि थाहा नहुनेले के राजनिति गर्ने ? उनीहरुलाई विकास भनेको के थाहा ? जनताको मन कसरी जित्ने यसबारे पनि केही ज्ञान थिएन् । चुनावमा गरेको खर्च उठाउन नगरपालिका र वडामा आएको बजेट पनि जनप्रतिनिधिहरुले भ्रष्ट्राचार गरेर सकाए । आफ्नो वडा र नगरमा भएका नदीनालामा भएको गिट्टीवालुवा उत्खनन् गर्न यिनीहरुले ठेकेदारहरुलाई स्वीकृति दिए । कमिशनको लोभमा परेर वातावरणमा ह्रास ल्याउने काम यिनीबाट भयो । खेतीयोग्य जमिनमा कमिशन खाएर इट्टाभट्टा सञ्चालन गर्न दिए । उब्जनी हुने जग्गामा घरघरै बनाउन दिनेपनि यिनीहरु नै हुन् । 

 

मापदण्ड नपुगेका घरहरुलाई पनि सम्पुर्णताको प्रमाणपत्र दिने काम पनि हाम्रा जनप्रतिनिधिहरुले गरे । वडा वा नगरभित्र भएका सरकारी, गुठीको जग्गाहरु पनि खोजतलास गरेनन् । सार्वजनिक सम्पत्तिको संरक्षणमा पनि जनप्रतिनिधिहरुको ध्यान गएन् । ठेक्का पनि सबै आफ्नालाई पार्ने काम गरियो । कि त आफन्त कि त कमिशन । सरकारले आर्थिक कमजोर भएकालाई राहत होस् भनेर सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि आफ्नैलाई प्राथमिकता दिने काम भयो । बोल्न नसक्ने निमुखाहरु उनीहरुको लााग भनेर सरकारले चलाएको अभियानमा समेत सहभागी हुन पाएनन् । वडा र पालिकामा पनि आफन्तलाई करारमा राखियो । खुला प्रतिस्पर्धा गरेर क्षमता भएका मानिसहरु भित्रिन पाएनन् । कार्यालय सहयोगीदेखि लिएर गाडी चालकसमेत जनप्रतिनिधिकै आफन्त छन् । अरुले न त्यहा रोजगारी पायो न राज्यबाट पाउनुपर्ने सेवासुविधा छिटोछरितो पायो । घरबहाल कर उठाउन पन यिनीहरु असमर्थ रहे भने कोठा र सटरबहालमा पनि निर्धारण गर्न सकेनन् । बिना दर्ता व्यापार सञ्चालन गर्नेहरुमाथि अनुगमन भएन् । कारबाही त कल्पनाबाहिरको कुरा हो । जनप्रतिनिधिहरु अनुगमनमा नतात्दा राज्यको ढुकुटीमा राजस्व पनि आएन । यता, बेतिथि पनि कम हुन सकेन् । 

 

पछिल्लो समय बाटो मिचेर मापदण्ड नपुप्याई घर बनाउनेहरुको संख्या उल्लेखीय छ । थोरै जग्गामा पनि घर बनाउनेको संख्या उत्तिकै छ । जनप्रतिनिधिले नै थोरै जग्गामा घर बनाउन नक्सा पास गरिदिन्छन् । भुमि सुधार मन्त्रालयले जग्गालाई १० वर्गमा वर्गीकरण गरेको छ । खेतीयोग्य, उब्जनी हुने जग्गामा घर बनाउन नपाइने भनिएको छ । तर, जनप्रतिनिधिहरुले जानाजान खेतीयोग्य जमिनमा घर बनाउनको लागि नक्सा पास गरिदिएका छन् । जनप्रतिनिधिहरु आफैले सरकारले बनाएको मापदण्डको परिपालना गर्न अटेर गरिरहेका छन् । आफ्नो वडा र पालिकामा कतिमा जग्गा खरिदबिक्री भइरहेको छ ? चाल पाएपनि नपाएझै गर्ने हाम्रै मेयर र वडाध्यक्ष हुन् । मँहगोमा जग्गा खरिदबिक्री भइरहेका छ तर सरकारले न्युन मात्र राजस्व संकलन गर्न सकेको छ । यसको प्रमुख कारण पनि जनप्रतिनिधिहरु हुन् । हिजो जनतासंग भोट माग्दा हामीलाई तलबभत्ता केही चाहिदैन् । सरकारी गाडी पनि चाहिदैन् भनेर भोट लिए । जनताको लागि हामी जतिखेर पनि उपलब्ध छौ भन्ने पनि यिनीहरु नै हुन् । तर, पद पाएपछि यिनीहरुको रुपरंग नै फेरियो । तलबभत्ता लिए, सरकारी गाडी चढे तर एउटा मिटिङ भत्तासमेत छोडेनन् । पाँच वर्षको कार्यकाल अधिकांश जनप्रतिनिधिहरुले त्यतिकै सकाउदै छ । आगामी वैशाख ३० गते फेरिपनि अर्को स्थानीय चुनाव हुदैछ । फेरिपनि टिकट लिन उही जनप्रतिनिधिले दौडधुप गरिरहेका छन् । 

 

२०७४ सालको जनप्रतिनिधिको रुपरंग सबै नेपालीले देखिसकेका छन् । सबै जनप्रतिनिधिहरु आफ्नो व्यक्तिगत सुखसयलमा मात्र केन्द्रीत बनेकाले नेपालीहरु आक्रोशित बनेका छन् । पैसा लिएर टिकट बेच्ने काम कहिलेसम्म चलिरहन्छ ? दलाली र माफियाहरुलाई टिकट दिने कार्यको हन्त्य कहिले हुन्छ ? जनताले तिरेको करबाट तलबभत्ता खाने तर कामचाहि व्यापारी र आफ्नो कार्यकर्ताको मात्र गर्ने ? अब पनि जनताले यस्तालाई मत दिएर जनप्रतिनिधि बनाउने हो भने नेपाली कहिले उभो लाग्दैनन् । नेपालीले आफ्नो खुट्टामा आफै बञ्चरो हार्ने काम नगरुन् । निर्माणको लागि सामान किन्दा पनि कमिशन खाने । सरकारी गाडी खरिद गर्दा पनि यिनीहरु कमिशन खान्छन् । शुद्धीकरण विभाग र अख्तियारले यिनीहरुको सम्पत्ति छानबिन गर्नेपर्छ । २०७४ अघि र पछिको सम्पत्तिको ेखाजोख ागर्ने हो भने यिनीहरुको सम्पत्ति दोब्बरले बढेको छ । वडाध्यक्ष र मेयरले पाँच वर्षको कार्यकालमा दोब्बर सम्पत्ति जोडे भने सांसद्, मन्त्री, भुपु मन्त्री, प्रधानमन्त्री र राजनितिक दलहरुको सम्पत्ति कति होला ? तल्लोले त यत्रो भ्रष्ट्राचार गरेपनि माथिल्लोले कति भ्रष्ट्राचार गरे होलान् ? यिनीहरुको सम्पत्ति अख्तियार र शुद्धीकरण विभागले छानबिन गर्न सक्छ ? ससाना कर्मचारी हजार रुपैंया घुस लिएको समात्यो भने अख्तियारले के के न गरे भन्छ । तर, राजनितिक दल र उधोगपतिले लुकाएको अर्बौको सम्पत्ति छानबिन गर्न यिनीहरु लाचार छन् । 

 

जनताले तिरेको करबाट अख्तियार र शुद्धीकरण विभागका कर्मचारीले तलबभत्ता खाने काम मात्र गरिरहेका छन् । यिनीहरुको विश्वास नेपाली जनताले गर्दैनन् । फेरिपनि राजनितिक दलले उही जनप्रतिनिधिलाई टिकट दिने हो भने जनताले भोट हाल्दैनन् । केही परिवर्तन ल्याउन नसक्नेलाई भोट दिएर किन बेकारमा तलबभत्ता खुवाउने ? करौडौंको सरकारी गाडी किन चढाउने ? कतिपय गाँउमा पाँच वर्षसम्म एउटा पुलसमेत बनेन् । पाँच वर्षसम्म जनप्रतिनिधिहरुले के हेरेर बसे ? नेपालीहरु सरकारी कर्मचारी, राजनितिक दल र जनप्रतिनिधिबाट वाक्कदिक्क भइसकेका छन् । गणतन्त्रले नेपालमा भ्रष्ट्राचारभन्दा अरु केही ल्याउन सकेन् । गणतन्त्रको खारेज गरेर कि राजा फर्काउनुपर्छ कि आर्मी प्रशासनलाई ल्याउनुपर्छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एक हप्ता नबित्दै वामदेव गौतम पार्टीबाट निष्कासित

  • 5 hours ago
एक हप्ता नबित्दै वामदेव गौतम पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोज

बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छः मन्त्री भुसाल

  • 8 hours ago
बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छः मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को

न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने

  • 8 hours ago
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने

एजेन्सी । सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ ।



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।