१ रुपैयाँको किस्ताबन्दीमा भीभो ब्राण्डका स्मार्टफोन
काठमाडौं । १ रूपैयाँमा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको छ ।
ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय र सर्बाधिक बिक्री भईरहेको भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु मासिक किस्ताबन्दीमा दिने भएको छ ।
कम्पनीले भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु १ रुपैयाँ तिरेपछि ग्राहकले घर लैजान सक्नेगरि मासिक किस्ताबन्दी योजना सार्वजनिक गरेको हो ।
सीमित अवधिका लागि घोषणा गरिएको यस अफर अन्तर्गत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ ।
यस कम्पनीबाट १ रुपैयाँमा किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ भने यो अफरअन्तर्गत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने व्यवस्था उपलब्ध गराईनेछ ।
ईजी मोबाइल केयर प्रा.लि.ले भीभो स्मार्टफोनमा नेपालमा नै पहिलो पटक १ रुपैयाँमा फोन दिने अफर ल्याएको हो । जसमा तपाईँले नेपाली बजारमा उपलब्ध भीभोका कुनैपनि मोडलका स्मार्टफोन १ रुपैयाँमा किस्ताबन्दीमा किन्न सक्नेछन् ।
ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले मनपरेको मोबाइल किन्न नसकिने र सेवा सुविधा नपाउने देखिएको हुँदा ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए ।
‘‘हामीले यसअघि पनि सफलतासाथ सामसंग र ह्वावेका विभिन्न मोडलका स्मार्टफोनहरु रु १ मा बिक्री गरेर ग्राहकहरुलाई सन्तुष्ट पारिसकेका छौं, अहिले नेपालमा नै पहिलो पटक भीभो ब्राण्डका स्मार्टफोनहरुमा यो किस्ताबन्दी अफर ल्याएका हौं,’’ अध्यक्ष पौडेलले भने ।
यसबाहेक पनि कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टी दिने गरेको छ । अन्य कम्पनीबाट मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकामा ईजी मोबाइल केयर प्रा.लि.बाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गण्डकी प्रदेशसभाको बैठक बस्दै
- 9 minutes ago

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक
प्रयोग नै नगरी थन्कियो दमकल
- 2 hours ago

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गा
Paul Shah to be presented before court
- 2 hours ago

The High Court Pokhara has issued an order to present act Purna Bikram (Paul) Shah before the court. Shah is currently in Tanahun Jail after the Nawalpur court found him guilty in the case of child mo
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।