सन् २०१८ लाई उच्च तापमान वृद्धि भएको बर्षका रूपमा देखाइयो
- शुक्रबार, १४ मंसिर, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

जेनेभा, स्वीट्जरल्याण्ड । अहिलेसम्मको रेकर्डअनुसार सन् २०१८ मा विश्वको तापक्रम चौथो उच्च रहने देखिएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ ।
राष्ट्रसङ्घले यो बर्षको तापक्रमसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै पृथ्वीको बढ्दो तापक्रम नियन्त्रणका लागि आवश्यक ध्यानाकर्षण गर्न बिहीबार उक्त तथ्याङ्क सार्वजनिक भएको जनाएको छ ।
पोल्याण्डमा हुन लागेको कोप २४ जलवायु शिखर सम्मेलन हुन केही दिन बाँकी रहेका समय सार्वजनिक प्रतिवेदनमा राष्ट्रसंघीय अन्तर्राष्ट्रिय मौसमविज्ञानसम्वन्धी निकायले विगत २२ बर्षमा २० बर्ष धेरै तापक्रम वृद्धि भएका बर्षका रूपमा उल्लेख गरेको छ भने सन् २०१८ लाई तापमान रेकर्डका हिसाबले चौथो उच्च तापमान वृद्धि भएको बर्षका रूपमा देखाइएको छ ।
राष्ट्रसंघीय उक्त निकायले भनेको छ, “यसको अर्थ विगत चार बर्ष अर्थात् सन् २०१५, सन् २०१६,सन् २०१७ र सन् २०१८ लाई तापक्रम वृद्धिको श्रृङ्खलाको निरन्तरताका रूपमा देखिएको छ ।”
“तापक्रम वृद्धि हुने प्रवृत्तिमा निरन्तर र प्रष्ट देखिएको छ,” राष्ट्रसङ्घ मौसमविज्ञान मामिला संगठनका प्रमुख पेटरी तालसले सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।
प्रतिवेदनमा बर्षको पहिलो १० महिनामा विश्वको औषत तापक्रम झण्डै एक डिग्री सेल्सियस कायम भएको पाइएको र यो औद्योगिक यूग पूर्व (सन् १८५०–सन् १९००)बीचको तापक्रम वृद्धिदरभन्दा बढी हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँः महासचिव पोखरेल
- 3 minutes ago

दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको बताएका छन्। प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताएका हुन्।
सुनको मूल्य बढ्यो
- 16 minutes ago

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ बढेको हो। यस दिन छापावाल सुन तोलामा १ लाख ९ हजार रुपैयाँमा कार
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
- 22 minutes ago

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक छन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्था
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।