Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियउत्तर कोरियाको सत्ताको बागडोर किम जोङ उनपछि उनको छोरीले सम्हाल्ने !

उत्तर कोरियाको सत्ताको बागडोर किम जोङ उनपछि उनको छोरीले सम्हाल्ने !


एजेन्स । उनको बाल्यकालको साथीले उत्तर कोरियाली तानाशाह किम जोङ उनका बारेमा ठूलो खुलासा गरेका छन् । स्विट्जरल्याण्डमा किमसँग अध्ययन गरेका जोआओ मिकाइलोले हालै एक अन्तर्वार्तामा किम जोङको छोरा छ कि छैन भन्ने शंका गरेको बताएका छन् ।

यसको कारण किम जोङ उनले जहिले पनि आफ्नी छोरीको कुरा गर्ने उनले बताए ।

किम जोङ उनको चर्चामा छोराको कतै पनि उल्लेख नभएको उनले बताए ।

हरेक कार्यक्रममा आफूसँगै देखा पर्ने एउटै छोरीबारे उनले बारम्बार चर्चा गरेको उनले बताए ।

उत्तर कोरियामा धेरै वर्षदेखि पुरुषले निरन्तर राष्ट्र प्रमुखको भूमिका निर्वाह गरिरहेको देखिए पनि अहिले यो परम्परा तोडिने क्रममा रहेको बताइएको छ ।

किम जोङ उनले आफ्नी छोरीलाई सत्ता हस्तान्तरण गर्न सक्ने अनुमान गरिएको छ ।

विगत केही दिनदेखि उनकी छोरी बुवासँग जताततै देखिएकी छिन् ।

त्यो परेड होस्, वा खतरनाक मिसाइल परीक्षण। किम जोङकी छोरीको उमेर १०–१२ वर्ष रहेको बताइएको छ । उनको नाम किम जु ए हो।

पछिल्लो पटक किम जोङ बेपत्ता हुँदा उनको स्वास्थ्य बिग्रिएको अनुमान गरिएको थियो ।

तर, पछि उनले यी सबै दावीहरूलाई अस्वीकार गर्दै पुनरागमन गरेका थिए।

उक्त पुनरागमनपछि उनले लगातार मिसाइल परीक्षण र परमाणु परीक्षण गरेका छन् ।

यी परीक्षणका कारण सबैभन्दा बढी जापान, दक्षिण कोरिया र अमेरिकाको चिन्ता बढेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT