Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालगमगढी बजारमा आगलागी हुँदा आठ घर जलेर नष्ट

गमगढी बजारमा आगलागी हुँदा आठ घर जलेर नष्ट


मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ ।

गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा आठ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नगर प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको उनले बताए । उनका अनुसार गएराति काठले बनेको एकघरबाट आगो सल्किएको थियो ।

आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पिआर मल्ल , प्रदीप रावल र पुतली शाहीको घर जलेर नष्ट भएका प्रनाउ थापाले जानकारी दिए ।

आगो नियन्त्रणका लागि गमगढी बजारमा वितरण गरेको खानेपानी पाइप लाइनबाट सुरक्षाकर्मीहरुले आगो नियन्त्रण गरेका थिए । विसं २०७८ कात्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा पनि आगलागी हुँदा १९ घर जलेर नष्ट भएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू

काठमाडौँ । कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू भएको छ । होटेल सोल्टीमा सुरू भएको बैठकमा केही सम्झौता र

विद्युतीय प्रणालीबाट मात्रै बोलपत्र गर्ने व्यवस्था बदर

काठमाडौँ । अदालतले सार्वजनिक निकाय तथा सरकारी कोषबाट हुने बोलपत्र, पूर्वयोग्यता, निर्माण तथा परामर्श सेवासम्बन्धी सेवा खरिद प्रक्रिया विद्युतीय प्रणालीबाट

झापामा बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार ३ युवकको मृत्यु

काठमाडौँ । झापामा बुधबार बिहान बोलेरो र मोटरसाईकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। बिहान साढे पाँच बजे पूर्वपश्चिम

कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच

महाभूकम्पको ९ वर्ष पूरा

काठमाडौँ । आज बैशाख १२ गते । २०७२ सालमा आज कै दिन महाभूकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्र विन्दु

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

Techie IT