अष्ट्रेलियामा डढेलोका कारण हालसम्म ३२ जनाको मृत्यु

एजेन्सी । अस्ट्रेलियाको सिडनीबाट दक्षिणपश्चिमी भागमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर बिमान बिहीबार दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुका अनुसार बिमानमा सवार चालक दलका तीन जना अमेरिकीको मृत्यु भएको छ । गतवर्ष सेप्टेम्बरमा शुरु भएको यस विनाशकारी डढेलोमा परेर कम्तीमा ३२ जनाको मृत्यु भइसकेको छ । 

 

न्यू साउथ वेल्सको ग्रामीण अग्निनियन्त्रण सेवाका आयुक्त शेन फिट्सिमन्सले क्यानाडाली कम्पनीको सी–१३० हर्कुलस विमानसँग स्थानीय समयअनुसार बिहीबार अपराह्न १.३० बजे सञ्चार सम्पर्क बिच्छेद भएको बताए । उक्त जहाज स्लोई मोनारो क्षेत्रमा खटिएको थियो । 

 

फिट्सिमन्सले दुर्घटनामा चालक दलका तीनै जना सदस्यको मृत्यु भएको र उनीहरु संयुक्तराज्य अमेरिकाका बासिन्दा रहेको जानकारी दिए । अष्ट्रेलियाको जंगलमा लागेको विनाशकारी डढेलो नियन्त्रणमा सघाउन उनीहरुलाई संयुक्तराज्य अमेरिका सरकारले खटाएको थियो । 

 

उनले मारिने तीनै जना निकै अनुभवी रहेको पनि बताए । 

 

यस दुर्घटनाको कारण तत्कालै थाहा हुन सकेको छैन, तर फिट्सिमन्सले तीव्र बेगको हावाका कारण पानी बोक्ने ठूला बिमानको उडानलाई “धेरै गाह्रो” बनाइरहेको बताएका थिए । 

 

विमानको स्वामित्व रहेको क्यानाडाली फर्म कउल्सन एभिएसनले न्यू साउथ वेल्स र भिक्टोरियामा आगलागी नियन्त्रणमा प्रयोग गरिरहेका अन्य ठूला एयर ट्याङ्कर संचालनलाई तत्काल स्थगन गरेको जनाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 27 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 58 minutes ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अगुइरो २ महिना मैदान बाहिर

  • 1 hour ago
अगुइरो २ महिना मैदान बाहिर

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो दुई महिना मैदान बाहिर रहने भएका छन् ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।