अष्ट्रेलियामा विद्यार्थीहरुले शुल्क फिर्ता माग्न थाले

सिड्नी । कोरोनाभाइरस (कोभिड– १९)को महामारीको कारण विश्वको आर्थिक अवस्था नाजुक बन्दै गएको छ । यसले शैक्षिक क्षेत्रलाई पनि सिथिल बनाएको छ । यही समयमा अष्ट्रेलियामा केही विद्यार्थीहरुले शुल्क फिर्ता माग्न थालेका छन् । 

 

अष्ट्रेलियाका बिभिन्न राज्यका विद्यालयहरुले भ्रमण शुल्कबापत उठाएको रकम विद्यार्थीहरुले फिर्ता मागेका हुन् । विद्यार्थीहरुले विद्यालय तहको पढाई सके पनि भ्रमण जना नपाएको तर, शुल्क भने लिएको भन्दै उनीहरुले शुल्क फिर्ता माग्ने अभियान चलाएका हुन् ।

 

अनलिज्ड ट्राभल्सले प्रत्येक वर्ष करिब ५ हजार विद्यार्थीहरुलाई फिजी लैजानको लागि बुकिङ्ग गराउँदै आएको छ । यस वर्ष पनि उक्त कम्पनीले बुकिङ्ग गर्दै विद्यार्थीहरुबाट शुल्क उठाएको थियो । तर, भ्रमण पनि नगराएको र शुल्क पनि फिर्ता नदिएको भन्दै उनीहरुले हस्ताक्षर अभियान चलाउँदै शुल्क फिर्ताको माग गरेका हुन् ।

 

कम्पनीले भने सन् २०२० मा हुने फिजी ट्रिप कम्तिमा पनि ६ महिनायता असम्भव रहेको भन्दै अभिभावकहरुलाई इमेल पठाएको थियो । यसपटक भ्रमण जान नसकेकाहरु सोही शुल्कमा अर्को पटक जान सक्ने इमेलमा उल्लेख छ । त्यसपछि विद्यार्थीहरुले उक्त भ्रमण अहिले नसक्ने भए बुझाएको शुल्क फिर्ता दिन भनेका छन् ।

 

हरेक विद्यार्थीले फिजी ट्रिपको लागि ४ सय डलर गत मार्चमा नै जम्मा गरेका थिए । अभिभावकहरुले पनि ट्रिपको लागि लिइएको शुल्क फिर्ता दिनुपर्ने माग गरेका हुन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'म कुनै पार्टीको राष्ट्रपति होइन, म हरेक अमेरिकीको राष्ट्रपति हुँ '

  • 4 minutes ago
'म कुनै पार्टीको राष्ट्रपति होइन, म हरेक अमेरिकीको राष्ट्रपति हुँ '

एजेन्सी । अमेरिकामा २० जनवरीका दिनदेखि वाइडेन युगको सुरुवात भएको छ । बुधबार उनले ४६ औँ राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । सपथ ग्रहणपछि उनले सबै अमेरिकीहरुप्रति सम्बोधन गरेका थिए ।

'व्याक टु व्याक' फर्ममा म्यानचेस्टर सिटी, एस्टनभिल्लाविरुद्ध सहज जित

  • 16 minutes ago
'व्याक टु व्याक' फर्ममा म्यानचेस्टर सिटी, एस्टनभिल्लाविरुद्ध सहज जित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २-० गोलले पराजित गर्न सफल भएको छ ।

म्यानचेस्टर युनाइटेड पुनः लिगको शिर्षस्थानमा उक्लियो

  • 22 minutes ago
म्यानचेस्टर युनाइटेड पुनः लिगको शिर्षस्थानमा उक्लियो

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहमलाई २१ गोलले पराजित गर्न सफल भएको छ । फुलहमको घरेलु मैदानमा भएको खेलमा म्यानुले सानदार कमव्याक गर्दै जित हात पारेको हो ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।