वेष्टर्न सिड्नी विश्वविद्यालय नेपाली विद्यार्थी क्लबको अध्यक्षमा रिचा शर्मा अर्याल चयन

सिड्नी, वेष्टर्न सिड्नी विश्वाबिद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी क्लबको पुनर्गठन भएको छ ।

 

नेपाली कला र मौलिकतालाई अझै प्रभावकरी ढंगमा सबै समुदायका विद्यार्थीसामु चिनाउने उद्देश्यका साथ पुनर्गठित कार्यकारी समितीको अध्यक्ष रिचा शर्मा अर्याल रहेकी छन् ।

 

गएको अगष्ट २४ मा सम्पन्न साधारण सभाबाट चुनिएका अन्य पदाधिकारीहरुमा सचिव सुनिल श्रेष्ठ, पब्लिक रिलेसन अफिसर यशोधा ढकाल, ईभेन्ट सन्योजक  करुना राउत, प्रविधिक सन्योजक सुजित गुरुवाचार्य, मार्के्टिङ अफिसर रुबी अधिकारि, कम्युनिकेसन अफिसर चँ।दनी थापा सल्लाहकारहरु  दिव्य श्री छेत्री र लिलाधर सिग्देल रहेका छन् ।

 

केही बर्ष अघि स्थापाना भएको क्लवले विश्वविद्यालयका नेपाली विद्यार्थीमाझ घुलमिल बढाउनुको साथै आवश्यक सहयोग पनि गर्दै आएको छ । 

 

युवा उर्जाले भरिएको नेपाली विद्यार्थी क्लबले सेप्टेम्बर १२ मा वेष्टर्न सिड्नी विश्वाबिद्यालय पारामाटा साउथ क्याम्पसमा आयोजना हुने ‘डाईभर्सीटि फेस्ट २०१८’ नेपाली कलासंस्कृति र परम्परा झल्कने प्रस्तुती गर्ने  तयारी समीतिको सयोगक अन्जु श्रेष्ठले नेपालीपत्रलाई बताइन ।  यो महोत्सव ११ बजे देखि २ बजे सम्म चल्ने छ । 

 

नेपाली युवालाई टेवा पुराउने उदेश्यसाथ यो क्लबले आगामी दिनहरुमा विभिन्न कार्यक्रम आयोजना गर्ने अठोट लिएको छ । विश्वविध्यालयमा पढेका सिद्धान्तहरुलाई सही रुपमा ब्यवहाँरमा उतार्ने यो क्लबको प्राथमिकता रहेको छ । 

 

विश्वाबिद्यालयमा पढ्दै गरेका नेपाली विद्यार्थीहरुलाइ क्लवको क्लवको फेस्बुक पेज मार्फत  जोडिन अनुरोध  गरिएको छ ।


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 1 hour ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 1 hour ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 2 hours ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।