जापानका प्रधानमन्त्री आबे पार्टी नेतृत्वमा पुनः उम्मेदवार
- सोमबार, ११ भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

टोक्यो । जापानका प्रधानमन्त्री सिन्जो आबेले सत्तारुढ पार्टीको नेतृत्वको चुनावमा पुनः उम्मेदवार हुने आइतबार घोषणा गरेका छन् । पार्टी नेतृत्वमा विजयी भएमा उहाँ जापानको इतिहासमा सबैभन्दा लामो अवधिसम्म प्रधानमन्त्रीको पदमा रहनेछन् ।
आबेले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को प्रमुखमा सहजै पुनः विजयी हुने अपेक्षा गरिएको छ किनभने उनको समर्थनमा ठूलो संख्यामा सांसदहरु छन् र उनलाई एकजना पूर्व रक्षामन्त्री शिगेरु इशिबाले मात्र चुनौती दिएका छन् ।
“मैले आगामी तीन वर्षका लागि एलडीपीको नेतृत्व गर्ने र प्रधानमन्त्री हुने निर्णय गरेको छु, र अर्को महिना हुने नेतृत्वको चुनावमा उठ्ने अठोट गरेको छु,” आबेले टेलिभिजनमा समेत प्रत्यक्ष प्रसारण गरिएको पत्रकार सम्मेलनमा बताए ।
सेप्टेम्बर २० को पार्टी चुनावमा विजयी भएमा आबे अर्को तीन वर्षसम्म प्रधानमन्त्रीमा रहनेछन् । उनको विपक्षमा कुनै विपक्षी राजनीतिक दल पनि विरोधमा उभिएका छैनन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री आबेले जापानमा बढ्दै गएको बुढ्यौली जनसंख्याका बारेमा नीतिगत सुधार तथा बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा केन्द्रित हुने बताए ।
पार्टी प्रमुखमा उम्मेदवारी दिएका इशिबाले पनि जनसांख्यिक सरोकार र उत्तर कोरियाको आणविक कार्यक्रमबाट उत्पन्न क्षेत्रीय सुरक्षा खतराका विषयमा ध्यान दिने बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 34 minutes ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
- 1 hour ago

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र
- 2 hours ago

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।