प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको आग्रह

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। सभामुख सापकोटाले बुधबार आह्वान गरेको समितिको प्रारम्भिक सहजीकरण बैठकमा यस्तो प्रतिवद्धता जनाएका हुन्।

 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बसेको बैठकमा सभामुख सापकोटाले समितिले छानबिन सुरु गरेर छिटो निष्कर्ष निकाल्ने विश्वास पनि व्यक्त गरे। संसद सचिवालयले गरिदिएको प्रारम्भिक सहजीकरण बैठकमा छानबिन समितिका ११ जना सदस्यमध्ये ८ जना उपस्थित भएका सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए। 

 

न्यौपानेका अनुसार समितिको सभापति तोक्ने, छानबिनको काम सुरु गर्ने, बैठक कुन हलमा बस्ने लगायतका विषयमा सभामुख सापकोटाले सहजीकरण गरिदिएका हुन्। यसका लागि संसद सचिवालयले आवश्यक सहयोग गर्ने सापकोटाले प्रतिवद्धता जनाएका हुन्।

 

बैठकमा प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुषाल,महासचिव, सचिवलगायत उपस्थित थिए।

 

प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारूढ गठबन्धनका ९८ सांसदले १ फागुन २०७८ मा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। २०७८ फागुन २२ गते प्रतिनिधि सभाले राणाविरूद्ध महाभियोग छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो। २९ फागुन २०७८ मा बसेको प्रतिनिधि सभा बैठकमा महाभियोगको प्रस्ताव पेस भएको थियो। राणाविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधिसभाले साउन २२ मा समितिमा पठाएको थियो। समितले हालसम्म काम अघि बढाएको छैन।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

  • 2 hours ago
नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् ।

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

  • 2 hours ago
अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

वाशिङ्गटन डिसी । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालील

Bring home the festive vibes this Diwali with Asda

  • 2 hours ago
Bring home the festive vibes this Diwali with Asda

London: The onset of autumn signifies the beginning of the magnificent festival of lights, Diwali. With this year’s celebrations falling on the 24th of October, Asda joins in the festivity of the triu



पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।