आलम प्रकरणमा बयान फेर्ने गौरीशङ्कर पक्राउ

रौतहट । राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध बोल्नेहरुले धमाधम बयान फेर्न थालेका छन् । जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीहरुले धमाधम बयान फेर्न थालेका हुन् ।

 

विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका चमारले बम विष्फोटबारे आफूलाई कुनै जानकारी नभएको भन्दै अदालत पुगेका थिए । 

 

आलमका वकिलका साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई प्रहरीले पक्राउ गरेको हो । सरकारी साक्षीका रुपमा रहेका चमारले बयान फेर्दै अदालतमा आएपछि उहाँलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चमार राजपुरमा भएको बम विष्फोटमा घाइते भएका सरकारी साक्षी हुन्  । उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका थिए । 

 

तर, उनले आफू पक्राउ परेपछि भने आलमका केही व्यक्तिले दबाब दिएर बयान फेर्न लगाएको बताएका छन् । उनले आफूलाई आलमका मान्छेहरुले चार दिनसम्म अपहरण गरेर बयान फेर्न लगाएको बताएका छन् ।

 

यसअघि विष्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेका भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालतमा निवेदन दिएकी छिन् । २३ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली काङ्ग्रेसका नेतासमेत रहेका आलमविरुद्ध गत बिहीबारै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुगेका थिए । प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पतिलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी उनले अचानक बयान फेर्दै लिखित निवेदन दिएका थिए । 

 

आलम सर्मथकद्वारा मौन जुलुस

 

यसैगरी आलमका सर्मथकले गौरमा विशाल मौन जुलुस प्रदर्शन गरेका छन । आलमको जिल्ला अदालतमा बहस चलिरहँदा सर्मथकले भने गौरमा सोमबार दोस्रो पटक मौन जुलुस निकालेका हुन् । आलमको निर्सत रिहाइको माग गदै मौन जुलुस लिकालिएको हो । 

 

काङ्ग्रेसका केन्द्रीय तहका नेताले कानूनलाई सहयोग गर्न भने पछि यहाँका नेता तथा कार्यकर्ताले दुई पटक गौरमा मौन जुलुस प्रदर्शन गरेका हुन् । गत २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम विष्फोटको मुख्य नाइके भन्दै १२ वर्षपछि प्रहरीले गत असोज २६ गते आलमलाई गौरबाट पक्राउ गरेको थियो ।

 


थप समाचार

बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

  • 3 hours ago
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जना

नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

  • 3 hours ago
नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अंगरक्षक नै कोरोना संक्रमित भएपछि पौडेल आजदेखि आइसोलेसनमा बसेका छन्

नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

  • 4 hours ago
नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

काठमाडौं । सिंहदरवारमा पत्रकार सम्मेलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।