हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर
- मंगलबार, ५ चैत, २०७५
- 3 years ago
- विचित्र विश्व

एजेन्सी । तस्विर यस्तो एउटा जीवन्त इतिहास हो जसले हजार शब्दले बोल्न नसकेका कुरा एक तस्विरले नै बोल्न सक्छ । शब्दहरुले बताएका हजार बात झुट हुन सक्छ तर एउटा तस्विरले कहिल्यै झुट बोल्दैन ।
कहिलेकाहि समयसँगै यस्ता तस्विर भेटिन्छन् । जुन् एकदमै दुर्लभ मात्रामा भेटिने गर्दछन् । विश्वमा भैरहने भोकमरी, युद्ध, प्राकतिक विनाशले यस्ता दुखद परिस्थिती र संयोजवस फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गर्न सफल भएका केहि दुर्लभ तस्विरहरु छन् यहाँ । सायद यी तस्विर हेरेपछि मन नछुने विरलै होलान् ।
१. कोलम्वियाको ज्वालामुखि :
फोटोग्राफर फ्राङ्क फुर्नीयरले दुखद अवस्थामा माटो र भवनको विचमा अड्केका बालकको तस्विर खिच्न सफल भएका थिए । यो तस्विर १९८५ मा कोलम्वियामा गएको ज्वालामुखिको बेला हो । जसले एउटा पुरै शहर जमिनमुनी भासिएको थियो भने २५, ००० जनाको मृत्यु भएको थियो ।
२. सिंहको मुटुको अप्रेसन :
२००५ मा पुलीत्जर पुरस्कार जित्न सफल यो तस्विर डेनी फिजमोरिकले लिएका हुन् । ‘सिंह मुटुको अप्रेसन ‘नाम दिईएको यस तस्विरको कथा चाहि ९ वर्षीय इराकी बालकको हो । जो तत्कालीन आधुनिक द्धन्द्धको हिंसामा नराम्रोसंग घाईते भएका थिए ।
३. यमन युद्धमा बालक :
यी ५ महिने बालक युद्धको दौरान यमनमा जन्मे र मृत्युसंग लडे, तर मृत्युलाई जित्न भने सकेनन् । युद्धको समयमा जन्म र खानेकुरा नपाएर मृत्यको मुखमा पुगेका यी बालकको तस्विर मर्नुभन्दा एकदिन अगाडि फोटोपत्रकार उडाइ फैसलले लिएका हुन् ।
४. सुनामी पछि :
एउटा क्षणलाई प्रस्तुत गर्ने यो तस्विर भारतको तामीलमा सुनामी आएको बेला रायटर्सका फोटोपत्रकार एर्को दत्तले लिएका हुन् । यो तस्विरले २००४ को विश्व फोटो अर्वार्ड पनि जितेको थियो ।
५.वल्र्ड ट्रेड सेन्टर :
दुईटा जम्ल्याहा टावर द वल्र्ड ट्रेड सेन्टर मा विमान ठोक्काई दिएपछि निस्केको धुवाँको मुस्लो ।
६. एक्लैको शक्ती :
२००६ मा इजरायली अधिकारी अर्को तर्फबाट आएको बललाई रोक्दै । धेरै सर्बसाधारणले सैनिक शासन भोग्नुपरेको थियो । यो तस्विर द्धन्द्धको समयमा ईजरायली फोटोपत्रकारले खिचेका हुन् । जहाँ एउटा साहसिक महिलाले प्रहरीको बललाई रोक्दै छिन् ।
७. खुट्टामुनी बन्दुकका गोली :
लस एन्जलका फोटोग्राफर क्यारोलीन कोलले लाइबेरिया गएको बेला खिचेको तस्विर हो । यो तस्विरले लाइबेरियाको भयानक ‘सिभील वार’लाई देखाउदछ ।
८. भोकमरीले कसैलाई चिन्दैन :
चाहे उ गरिब दशको होस् या गरिब । सुदिप्ता मौलीकले लिएको यस तस्वीरमा दर्जनौ मानिसहरु खानाको लागी भगवानसंग प्राथना गरिरहेका छन् ।
९. गरिबी :
खानाको लागी नरिवल बेच्न हिडेका यी व्यक्ति साथमा आफ्नो छोरासहित । यो भारतको जयपुर गाउँको हो ।
१०. सुडानको भोकमरी :
दक्षिण सुडानको यो तस्विर भोकमरीले सताएका बालकहरूको हो । यहाँ कैयौँ व्यक्ति भोकमरीले ग्रसित छन् ।
११. मृत्युसँग लड्दै :
सिरियामा भइरहेको सिभिल वारको समयमा मृत्युसँग लडिरहेका यी व्यक्ति ।
१२. गिद्ध र सानी बालीका :
गिद्धले ती बालीकालाई मर्छ अनि आफ्नो आहारा बन्छ भनेर पर्खिरहेको छ । १९९३ मा सुडानमा भोकमरीको बेला फोटोपत्रकार क्याभिन कार्टरले लिएको तस्विर हो । यो तस्विर खिचेपछि पत्रकारले आत्यहत्या गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेपालले क्यानडाको सामना गर्दै
- 7 minutes ago

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधबार क्यानडाको सामना गर्न लागेको हो । किङ सिट
कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै
- 32 minutes ago

काठमाडौं । कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध
रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त
- 53 minutes ago

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।