गायक सचिन ओएसआर डिजिटलसँग अनुबन्धित
- बुधबार, २३ कार्तिक, २०७९
- 2 months ago
- कला र मनोरञ्जन

काठमाडौँ। दारी फुल्यो वैँशैमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, ए मुना, लगायतका हिट गीतका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्धित गरेको छ।
ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो। सम्झौता अनुसार गायक आशिष सचनिले १ वर्षसम्म ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामाग्री सहित म्यूजिक भिडियोमा काम गर्नुपर्नेछ।
१ वर्षको अवधिमा ओएसआरसँग गायक आशिषले ८ वटा गीतसहित वर्षभरी आउने विज्ञापनको काम गर्नुपर्नेछ। पछिल्ला दिनमा गायक आशिषले लगातार ओएसआर मार्फत आफ्ना म्यूजिक भिडियो बजारमा ल्याइरहेका छन्।
गायन सँग–सँगै म्यूजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो म्यूजिक भिडियो छमक छमक तेरी पाउजुले चर्चा बटुल्न सफल भएको छ। गायक आशिषको दारी फुल्यो वैँशैमा बोलको गीतले करिब ९ करोड ७० लाख (९७ मिलियन) दर्शक पाइसकेको छ। जुन गीत नेपालमा सर्वाधिक बढी हेरिने र सुनिने गीतको सूचिको शीर्ष स्थानमा रहेको छ।
गायक आशिष पछिल्ला दिनमा बढी माग हुने गायकका रुपमा पनि दह्रिएका छन्। उनको माग देश विदेशका कन्सर्ट तथा महोत्सवहरुमा पनि बढ्दो छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 4 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 28 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- 36 minutes ago
काठमाडौँ। गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको ‘गैँडा चुरोट’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। विदुर तिमल्सिना ‘देवदुत’ को शब्द रहेको
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।