चेतनाको अभाव हुँदा असुरक्षित गर्भतन गराउने क्रम बढ्दो

प्रतिकात्मक तस्बिर

चितवन । सरकारले कानूनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गर्दा कतिपयले ज्यान नै गुमाउने गरेका छन् । गर्भपतनको कानूनी पक्षबारे ज्ञान नहुँदा असुरक्षित गर्भपतन हुने गरेको चिकित्सकहरु बताउँछन् ।

 

गर्भवती महिलाको लिखित मञ्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा तोकिएको स्वास्थ्य संस्थामा गर्भपतन गराउन सकिन्छ । प्रचलित कानूनले तोकेको परिधिमा रहेर गरिने गर्भपतन सेवालाई सुरक्षित गर्भपतन सेवा भनिन्छ । भरतपुर अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटा सुरक्षित गर्भपतन सेवामा गर्भपतनसँगै गर्भ निरोधबारे परामर्श सेवा, महिलाको आवश्यकता र चाहनाअनुसार गर्भ निरोध सेवा, गर्भपतनका सम्भावित जटिलताको व्यवस्थापन तथा उपचारसमेत पर्ने बताउँछन् । सुरक्षित गर्भपतन सेवालाई सम्पूर्ण गर्भपतन सेवा पनि भन्ने गरिन्छ । 

 

कानूनी व्यवस्थाअनुसार १२ हप्तासम्मको गर्भ र जबरजस्ती करणी एवं हाडनाता करणीबाट रहन गएका १८ हप्तासम्मको गर्भपतन गर्न पाइन्छ । गर्भपतन गराएमा महिलाको ज्यानमा खतरा पर्ने भएमा वा शारीरिक वा मानसिक रुपले स्वास्थ्यमा असर पर्ने अवस्थामा वा विकलाङ्ग बच्चा जन्माउन सक्ने अवस्था भएमा योग्यता प्राप्त चिकित्सकको रायमा जुनसुकै अवधिको गर्भपतन गराउन पाइने व्यवस्था रहेको उहाँले जानकारी दिए । 

 

गर्भवती महिलाको मञ्जुरीबिना र लिङ्ग पहिचान गरी लिङ्गको आधारमा भने गर्भपतन गराउन पाइँदैन । सापकोटाको भनाइमा मुख्य रुपमा दुई तरिकाबाट गर्भपतन गराइन्छ । नौ हप्तासम्मको गर्भ औषधिको माध्यमबाट र १२ हप्तासम्मको गर्भ उपकरणको प्रयोगद्वारा सुरक्षित पतन गराउन सकिन्छ । उनले भने, “महिलाले आफ्नो इच्छाअनुसार दुईमध्ये कुनै एक विधि छनोट गर्न सक्छन् ।” 

 

गर्भको अवधि १२ हप्ताभन्दा माथि भएमा सम्बन्धित कम्तीमा दुई जना विषय विशेषज्ञको राय लिनु पर्दछ । हाडनाता करणी र बलात्कारबाट रहन गएको गर्भको हकमा एक जना विषय विशेषज्ञको रायअनुसार महिलाको अनुमतिमा कानूनले तोकेको अवस्थामा मात्रै गर्भपतन गराउन सक्ने कानूनी व्यवस्था छ । 

 

मापदण्ड निर्धारण गरी सूचीकृत भएका चिकित्सकबाट सूचीकृत गरिएको संस्थामा गएर गर्भपतन गराउन पाइन्छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार गत आव २०७६÷७७ मा जिल्लामा पाँच  हजार दुई जनाले सुरक्षित गर्भपतन गराएका छन् । यसमध्ये ८७९ जना २० वर्षमुनिका छन् । यसैगरी आव २०७५÷७६ मा सुरक्षित गर्भपतन गराउने चार हजार ६३६ मध्ये ४६४ जना २० वर्षमुनिका छन् । यसैगरी आव २०७४÷७५ मा यो सङ्ख्या चार  हजार ४८१ रहेको छ । त्यसमध्ये ३४६ जना २० वर्षमुनिका थिए । 

 

विगतमा भन्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको भएपनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या त्यो भन्दा ठूलो हुनसक्ने उहाँको आँकलन छ । सामाजिक रुपमा हेरिने दृष्टिकोण, अवैध रुपमा रहेको गर्भलगायत कारण लुकिछिपी गर्भपतन गराउने गरेको पाइन्छ । 

 

डा सापकोटा कानूनी मान्यता पाएको कारण निर्धक्कसँग सुरक्षित गर्भपतन सेवा लिन आग्रह गर्नुहुन्छ । उनले भने,  “गर्भपतन अपराध होइन, सूचीकृत संस्थामा तोकिएका चिकित्सकसँग मात्रै गर्भपतन गराउनुपर्छ ।” गर्भपतनसम्बन्धी कानूनी व्यवस्थाका बारेमा जनचेतना जगाउन सकेमा असुरक्षित गर्भपतनबाट अकालमा ज्यान गुमाउनेको सङ्ख्या निकै कमी आउने उनको भनाइ छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

  • 4 minutes ago
सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

काठमाडौँ । विजयादशमीका दिन सबैले आ–आफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त थिए । तर भक्तपुरको विकासमा अग्रणी भूमिका खेल्दै आएका सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेत

मानहुँकोट

  • 34 minutes ago
मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

  • 38 minutes ago
विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

कालीगण्डकी । कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ ।



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।