एम्बुलेन्सकाे ठक्करले ८ वर्षीय बालककाे मृत्यु

डोटी । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मङ्गलबार एक बालकको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्रबहादुर बिष्टका अनुसार पिपल्लास्थित शैलेश्वरी अस्पतालको से१च १९७८ नं को एम्बुलेन्सले ठक्कर दिँदा सोही अस्पतालका निर्देशक आइजङ्ग कुँवरका आठ वर्षीय छोरा इशानको मृत्यु भएको हो ।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते इशानको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको शैलेश्वरी अस्पतालका डा राजेश बाहुनेले बताए ।
एम्बुलेन्स ब्याक गर्ने क्रममा बालक घाइते भएको एक प्रत्यक्षदर्शीले बताए । एम्बुलेन्सका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि शैलेस्वरी अस्पताल बन्द छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता गठबन्धनको बैठक बस्दै
- 21 minutes ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 1 hour ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 2 hours ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।