छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

Global IME
Mega Bank
Norvic Hospital
  • सोमबार, १७ मंसिर, २०७५
  • 4 years ago
  • नेपाल
सांकेतिक तस्वीर

काठमाडौं । दाङ, सुनसरी र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । 

 

दाङ घोराही उपमहानगरपालिका–१० सौडीकुला स्थित सडकमा रा.३ प ५१८३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको छ । 

 

सोही उपमहानगरपालिका जलौरा बस्ने १७ वर्षीय भिमशेन थापाको स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि भैरहवातर्फ लगिएको छ । 

 

यस्तै सुनसरी ईनरुवा नगरपालिका–३ स्थित सडकमा को.१ख ५२४१ नम्बरको बसले आइतबार साँझ  ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । 

 

गम्भीर घाइते भएका सोही नगरपालिका बस्ने ४० वर्षीय बौका साहको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

यसैगरी कैलाली टिकापुरबाट कालाकुन्डतर्फ जाँदै गरेको गोरु गाडामा लु. ७३ प १९९० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा आइतबार राति गम्भीर घाइते भएका सोही नगरपालिका९७ बस्ने मोटरसाइकलमा सवार २१ बर्षीय बिष्णु रिमाल र २३ बर्षीय दिवानन्द कोईरालाको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । 

 

दुर्घटनामा घाइते भएका अन्य २ जनाको मेडिकल कलेज कोहलपुर हुँदै थप उपचारको लागिनेपालगंज लगिएको छ ।  गोरु गाडासहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जग्गाको वर्गीकरण छिटो होस्ः भूमि व्यवस्था मन्त्रालय

  • 15 minutes ago
जग्गाको वर्गीकरण छिटो होस्ः भूमि व्यवस्था मन्त्रालय

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • 32 minutes ago
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफ

टर्कीमा पुनः भूकम्पको धक्का महसुस

  • 37 minutes ago
टर्कीमा  पुनः भूकम्पको धक्का महसुस

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।



पर्यटन

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

जीवनशैली

ध्यान गर्नुका फाइदाहरु

ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।